सरकारी गाडीमा श्रीमति, गर्लफ्रेन्ड घुमाउनेहरु प्रहरीको फन्दामा

0 150

पाल्पा । शनिवार सरकारी गाडीमा श्रीमति र गर्ल फ्रेन्ड राखेर घुमाउन लैजानेदेखि ब्यक्तिगत कामका लागि बिदाको दिन सरकारी गाडीमा हिड्नेहरु प्रहरीको फन्दामा परेका छन् ।

पाल्पामा हालैमात्रै आएका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेल यहाँको सवारी तथा ट्राफिक व्यवस्थापनमा लागिपरेका छन् । उनले शनिवार बिना अनुमति सरकारी सवारी चलाउनेहरुलाई टार्गेट नै गरेका छन् । उनी आए लगत्तै यहाँका जनताहरुले ट्राफिक व्यवस्थापनको क्षेत्रमा केही परिवर्तनको महसुस गरेका छन् ।

शनिवार २ वटा सरकारी नम्वर प्लेटका जीप र ९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ५ बजेपछि प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछि उनीहरुलाई आइन्दा यस्तो गल्ती नगर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ । यसरी नियन्त्रणमा पर्नेहरुमा अधिकांश परिवारिक कामका लागि निस्केकादेखि केटी साथी लिएर घुम्न निस्केका व्यक्तिहरुले चलाएका गाडी छन् ।

प्रहरी प्रमुख विश्वमणी पोखरेलले सुरक्षा निकाय, माननीय र विशेष छाड्नुपर्ने बाहेक सबै सेतो प्लेटका गाडीहरुलाई शनिवार र अन्य सार्वजनिक विदाको दिन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको बताए । जिल्लामा सरकारी सवारीको व्यापक दुरुपयोग बढेको भन्ने गुनासोको आधारमा प्रहरीले यो अभियान चलाएको पाल्पा समाचार डटकमलाई उनले बताए ।

विदाको दिन कामका लागि पनि सरकारी सवारी चलाउनुपर्ने भएमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । पाल्पामा पछिल्लो समय सरकारी सवारीको व्यापक दुरुपयोग बढेको छ । स्थानीय तहका गाडीहरु समेत कर्मचारी र जनप्रतिनिधिहरुले बिदाको दिन समेत ससुराली जान, जग्गा कारोवार गर्न जान लगायतका कामका लागि प्रयोग गर्ने गरेका छन् । त्यस्तै वडा कार्यालयमा रहेका मोटरसाइकलहरुको समेत व्यापक दुरुपयोग भएको छ । कर्मचारी र जनप्रतिनिधिहरुले आफु अनुकुल चलाउने, छोराछोरी आफन्तलाई चलाउन दिने गरेको पाइन्छ । तस्विरः गुगल

Comments
Loading...