सरकारको कामले अझै सशक्त गति लिन्छः प्रचण्ड

0 259

बन्दना पोखरेल । (रामपुर) पाल्पा
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै सरकारको कामले थप प्रभावकारी गति लिने बताएका छन् । पाल्पाको रामपुरमा आइतबार रामतुल्सी माविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले सरकारले अहिले जनताको पक्षमा काम गरिरहेको बताउँदै त्यसमा सबैले साथ दिएर जानुपर्ने बताए ।

नेकपा, जनता र सबै पार्टी मिलेर समृद्धि ल्याउनुपर्ने भन्दै उनले समृद्धिको अभियानमा सबैलाई सामेल हुन आह्वान गरे । नेपाली यो पुस्ताले छोटो समयमै धेरै राजनीतिक परिवर्तनको साक्षी भएको भन्दै उनले अब हाम्रो पुस्ताले विकासको नेतृत्व समेत लिनुपर्ने धारणा राखे । अबको एक दशक विकास र समृद्धिको दशक हुने दाहालको भनाई थियो ।

यस्तै नेकपाले रामपुरमै आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले दुई पार्टीको बीचमा भएको एकताले प्रतिक्रियावादीहरुको बीचमा भूकम्प गएको बताउँदै एक वर्षभित्र पार्टी एकता सार्थक बन्ने बताए । पार्टी नजुटोस् फुटोस् भनेर धुब बाल्नेहरु सल्बलाइरहेको बताउँदै नेता कार्यकर्ताले सरकार र पार्टीको काममा इमानदार भएर लाग्नुपर्ने उनले बताए । उनले पार्टी एकता र सरकारको काम सँगसँगै अगाडि जाने बताउँदै एक वर्षभित्रमा जनतामा उत्साह आउने गरी सरकारले काम गर्ने बताए । प्रचण्डले रामपुर क्षेत्रको ऐतिहासिक र सामाजिक महत्व रहेको भन्दै यस क्षेत्रको विकासका लागि पार्टी र सरकारले ध्यान दिने बताए । उनले कृषि आगिंक क्याम्पस सञ्चालन, कालीगण्डकी माथिको रोकिएको पुल निर्माण र धार्मिक क्षेत्र अन्तर्गत मुक्तिनाथदेखि देवघाटसम्मलाई जोड्ने गरि यस उपत्यकाको बिकासमा आफू प्रतिबद्ध रहेको बताए ।

बिगतदेखि नै यस क्षेत्रमा रहेर राजनितिको माथिल्लो तहमा पुगेका नेकपाका महासचिव विष्णु पौडेलले संघिय साम्सद दल बहादुर राना जिल्ला शिक्षा समिति सदस्य देवराज ढकाल , र्पूव सचिव शान्ता बहादुर श्रेष्ठ लगाएतले आफ्ना भनाई राखेका थिए । विद्यालय सन्चालनमा योगदान पुर्याउने गुठि दाता , र्पूव सन्चालक समिति , अध्यक्ष , शिक्षक अभिभावक संघका अध्यक्ष ,र्पुव शिक्षक , सहयोगि चन्दा दाता , अक्षयकोष दाता लगाएत एक सय सोह्र जना लाई सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यपक बालकृष्ण लम्सालले करिव पाचँ करोड बराबरको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरे । यस क्षेत्रको समस्ट विषय समेटेर रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले माग पत्र प्रस्तुत गरेका थिए । विभिन्न सास्कृतिक कार्यक्रम सहित भएको कार्यक्रमको सन्चालन शिक्षक लेखनाथ मरासिनीले गरेका थिए ।

Comments
Loading...