सशस्त्र प्रहरीसितको सहकार्यमा नारायण स्थान मन्दिर परिसरमा सरसफाई

0 276

पाल्पा । सशस्त्र प्रहरीसितको सहकार्यमा तानसेन स्थित नारायण मन्दिर परिसरको सरसफाई गरिएको छ ।
तानसेन नगरपालिका–२ स्थित नारायण युवा क्लवले आयोजना गरेको नारायणथान मन्दिर सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हे.क्वा. पाल्पाबाट सशस्त्र प्रहरी निरिक्षक हिरा बहादुर बोहोरा सहित ३० जनाको टोली र स्थानिय युवाहरु सहितको संयुक्त टोलीले मन्दिर परिसर सरसफाई गरेका हुन् ।

“२० औँ सशस्त्र प्रहरी दिवस“ को अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले देशब्यापी रुपमा मठ मन्दिर तथा धार्मिक स्थलहरु सरसफाई गर्ने कार्यक्रम रहेको भनि सशस्त्र प्रहरी.बल नेपाल नं. ३५ गुल्मका पाल्पाका सुचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक हिरा बहादुर बोहोराले पाल्पा समाचार डटकमलाई बताए ।

Comments
Loading...