सांसद बिकास कोषको रकम कता कता पर्यो ?

0 31

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सोमप्रसाद पाण्डेयले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न योजनालाई बजेट विनियोजन गरि एक कार्यक्रमका बीच योजना र बजेट बिबरण सार्वजनिक गरेका छन् ।

यस वर्षको योजनामा पनि सडकको स्तरोन्नती तथा सडक निर्माण कार्यका योजनाहरुले बढी प्राथमिकता पाएका छन् । त्यस्तै केही रुपमा पर्यटन प्रवर्धनका लागि टेवा पु¥याउने योजनाहरुमा पनि बजेट बिनियोजन भएको छ । अन्य पालिकाको तुलनामा तानसेनका लागि बिनियोजित बजेटमा पर्यटनले प्राथमिकता पाएको छ ।

श्रीनगरमा प्रष्ट देखिने गरि तानसेन नामक विद्युतीय धातु निर्माण गर्न ५० लाख, बिभिन्न १० स्थानमा चल्ने गरि व्यायाम केन्द्र बनाउन ५० लाख, कर्णेल उजिर सिंह थापाको शालिक निर्माण गर्न ५० लाख, प्रभास आँप बगैंचा तथा योग केन्द्र निर्माण गर्न १९ लाख ६० हजार विनियोजन गरिएको पाण्डेयले बताए । यस्तै बाँसटारी झडेवा सडकको सालघारी सडक बिस्तार गर्न १० लाख, जोर्ते लुहुङ चण्डीभञ्ज्याङ् बतासेडाडा मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

तानसेनकै महेन्द्रबोधी माविको भवन निर्माण गर्न १० लाख, डुम्रेपुल रेलिङ् निर्माण गर्न १० लाख र तानसेनको लालीगुरास टोलको बाटो निर्माण गर्न १० लाख बजेट बिनियोजन गरिएको छ । बगनासकाली गाउपालिकाका विभिन्न योजनाका लागि ९० लाख बजेट विनियोजन गरिएको छ ।

बगनासकाली गाउँपालिका अन्र्तगत बुल्ठाकी देउराली दोबाटो मोटरबाटो कालोपत्रेका लागि ५० लाख, चन्द्र मावि प्राविधिक भवन निर्माणका लागि ३० लाख, धारादी खेल मैदान निर्माण गर्न १० लाख बजेट विनियोजन गरिएको छ । तिनाउ गाउ“पालिका अन्र्तगत गाउपालिका भवनदेखि तिनाउ खोलासम्म कालोपत्र सडक निर्माण गर्न ५० लाख र ओखलढुंगा सालधारा खेलमैदानका लागि २० लाख गरी ७० लाख बजेट विनियोजन गरिएको पाण्डेयले बताए । रिब्दीकोट गाउँपालिका अन्र्तगत बतासे फेक मोटरबाटो कालोपत्रेका लागि ४० लाख, लघुवा खेलकुद कभर्डहल निर्माण गर्न १५ लाख र सामुदायिक भवन (मैनादी) का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यो बजेटमा रैनादेवी छहरा गाउँपालिकाले बढी प्राथमिकता पाएको छ । यो गाउँपालिकाका धेरै वडाहरुमा अझै पनि बिकासका धेरै काम बा“की रहेकाले बजेटमा प्राथमिकता दिइएको सांसद पाण्डेयले बताए । रैनादेवीका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । जस अन्र्तगत हार्थोक छहरा, मोटरबाटो स्तरोन्नतीका लागि ५० लाख, मोहोरे, मग्रान, मनभाग मोटरबाटोलाई १० लाख, धजाबान्ने सोमादी मोटरबाटोलाई १० लाख छचुवा मनभाग मोटरबाटोलाई १० लाख, अमलाबास मोठ उर्लेनी मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

दिग छेउखान, भैसीखोला सर्देवा मोटरबाटोका लागि १० लाख, गुहारठाना भुटुक्से, चहली छेडा मोटरबाटोका लागि १० लाख, मेहलढाप सोमरेटोला रिपटोला बेतनी मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको छ । रैनादेवी छहराकै काउले चहला मोटरबाटोका लागि १० लाख र जुठा धलेनडा“डा खड्केनी मोलाडा“डा मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

Comments
Loading...