साना हुँगी माविले सहयोगीहरुलाई सम्मान गर्ने

0 226

एवत सारु । पाल्पा
सानाहुँगी माध्यमिक विद्यालय रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट पाल्पाले विद्यालयलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी तथा अभिभावक एवम स्थानीय बुद्धिजीवीहरुको संयुक्त बैठकले आगामी कार्तिकको पहिलो साता एक कार्यक्रम गरि सम्मान कार्यक्रम गर्ने तय गरेको हो ।

विद्यालयले कक्षा ११ र १२ संचालन गर्न आर्थिक सहयोग पु¥याउने तथा विविध विषयमा सहयोग गर्ने महानुभावहरुलाई रमाईलो सांस्कृतिक कार्यक्रम गरि धन्यवाद दिने कार्यक्रम गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुले बताउनु भयो । जनसहभागीता र रमाईलो गर्नको लागि फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, ढुङ्गे, बेलौजा, बोरोङ्गसे लगायतका गाउँबाट पन्चेबाजा, मारुनी, झाम्रे नाचका साथै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलालकारहरुबाट मनोरंजनात्मक कार्यक्रम समेत गर्ने निर्णय गरिएको छ ।

विद्यालयले कक्षा ११ संचालन गर्न स्थानीय तथा बाहिरका व्यक्तिहरुसंग आर्थिक संकलन गरेको थियो । विद्यालयको शैक्षिक क्षेत्रलाई सहयोग गर्न हाल सम्म झण्डै २० लाख रुपिया संकलन भएको छ । दुर्गम क्षेत्रमा रहेको सानाहुँगी माध्यमिक विद्यालय फोक्सिङ्गकोटको एकमात्र माध्यमिक तह सम्म पढाई हुने विद्यालय हो । विद्यार्थीहरु कक्षा ११।१२ पढ्न घण्टौं हिंडेर ताहु, हुँगी, पिपलडाडा जान बाध्य भएका थिए भने कतिपय विद्यार्थी तानसेनमा कोठा लिएर पढ्न बाध्य थिए । हाल कक्षा १२ सम्म पढाई भइ रहेको सानाहुँगी माध्यमिक विद्यालयमा २३१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

Comments
Loading...