सामुदायिक रेडियो रामपुर ११ औं बर्षमा प्रवेश

0 90

बन्दना पोखरेल (रामपुर) पाल्पा

सामुदायिक रेडियो रामपुर पाल्पाले मंगलबारदेखि १० औं वर्ष पुरा गरि ११ औं वर्षमा प्रवेश गरेको छ । रेडियोको वार्षिकोत्सव तथा तेस्रो अधिवेशनको प्रदेश नं. ५ का सदस्य युवराज खनालले पुर्वी पाल्पामा पहिलो पटक रेडियो संचालन हुनु सुखद रहेको बताउदै सवै संघ संस्थालाई खवरदारी गर्दै सत्य र सहि सुचना दिनु रेडियोको दायित्व रहेको बताए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा,रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी आचार्य घिमिरे, शहिद बहुमुखी क्याम्पस रामपुरका प्रमुख मुरारीप्रसाद काफ्ले, समाजसेवी देवराज ढकाल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा प्रतिनिधी फडेश्वर गौतम, रामपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष तिर्थप्रसाद पंगेनी,एकराज अर्याल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका सचिव देवेन्द्रप्रसाद पोख्रेल, सदस्य दुर्गादेवि पोख्रेल, सामुदायिक बन महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, आजिवन सदस्य देवेन्द्रप्रसाद पोख्रेलले रेडियो संचालन, प्रशारण शैलीका सन्दर्भमा सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा रेडियो संचालक समितिका अध्यक्ष बासुदेव देवकोटाले रेडियोको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रेडियोका स्टेशन प्रवन्धक बासुदेव ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । समितिका उपाध्यक्ष कमलराज भट्टराईको स्वाागतबाट सुरु भएको कार्यक्रम अध्यक्ष बासुदेव देवकोटाको अध्यक्षतामा चलेको थियो । कार्यक्रममा रेडियोका कर्मचारी लगायत सहयोगी ब्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।

Comments
Loading...