सामुहिक कृषिबाट वार्षिक करोड बढी आम्दानी

0 77

नारायण न्यौपाने । पाल्पा

पहिला भिरालो पाखो थियो, गाइबस्तु चर्थे । अहिले डाँडोमा डोजर लगाएर सम्म्याइएको छ । आँखाले हेरेर भ्याउने सम्म लटरम्म टमाटर फलेका छन् । पुर्वखोला ६ खुमडाँडाका कृषकको कामबाट गाँउनै हराभरा बनेको छ । कोदो, गहुँ र मकैमात्र फलाउने किसानले मौसम अनुसारका तरकारी फलाएका छन । पुराना खेतीले खर्च गरेजति पनि फल नपाएका कृषकहरु तरकारी खेती तर्फ आकर्षक भएका हुन् ।

मलेसियामा १० बर्ष बसेर आएका जित बहादुर थापाको योजनामा सामुहिक कृषि गर्ने कार्य सुरुवात भएको हो । १५ रोपनी क्षेत्रफलमा खुमडाँडाका २६ घर परिवारका २६ जनाले तीन हजारका दरले रकम संकलन गरि जित बहादुर थापाको अगुवाइमा कानुङ सामुहिक कृषि फर्म शुरु गरेका हुन । बार्षिक १ लाख ८० हजार तिरेर जग्गा लिजमा लिएर ब्यावसाय शुरु गरिएको हो । मलेसियामा १० बर्ष कृषि क्षेत्रमै काम गरेका थापाले आफुले त्यहाँ सिकेको सिपलाइ आफ्नो गाउँमा प्रयोग गर्न सकेकोमा खुशि ब्यक्त गरे । ‘म १० बर्ष बिदेशमा काम गरि माशिक जम्मा पच्चिस हजार कमाउथे मेरो पसिनाले मालिक अर्वपती बन्यो तर मैले त्यहाँ कमाएको पैसाले केहि गर्न सकिन’ थापाले भने, ‘हामी त्यहाँ कम्पनीमा २५ जना थियौं यहाँ झन २६ जना छौ, सबै मिलेर गर्दा हामीले प्रति ब्यतिm ५० हजार आराम सँग घरको खाएर कमाउन सक्छौँ ।’ उनले एक बालिबाट कम्तिमा ४० लाख आम्दानी हुने बताए । बर्षमा कम्तिमा ३ देखि ४ बालि हुन्छ त्यासबाट एक करोड भन्दा धरै आम्दानी हुन्छ’ ,उनले भने ।

अहिले सिर्जना जातको टमाटरको खेती छ । यो बाली भन्दा पहिला बन्दा गोवी लगाइएको थियो । २६ घरका कृषक बिहान १० देखि बेलुकी ५ बजे सम्म दैनिक काम गर्ने गरेका छन । दैनिक हाजिर गर्ने ब्यावस्था छ । कसले कति समय काम गरेको छ भनेर दैनिक हाजिरी गरिन्छ । २६ जना मध्यका एक तोमान सिँह सारुले घण्टा घण्टाको रेकर्डनै राखेर हिसाव किताव र नाफा घाटा बिनियोजन गर्ने बताए । ‘ जसले जति घण्टा काम गर्न सक्छ त्याति गर्छ ’शारुले भने, ‘ धेरै काम गर्नेले धेरै फाइदा पाउछन ,थोरै काम गर्नेले थोरैनै पाउछन ।’ २६ जनाको समुहमा उमेरको कुनै हदबन्दी छैन । काम गर्नेमा २५ बर्षका युवा पनी छन ६५ कटेका बृद्व पनी । उनिहरुलाइ जसले जे गर्न सक्छन सोहि अनुसारको काम गराइन्छ । समुहकी सदस्य लक्ष्मी घर्तिले गाँउका सबै मिलेर काम गर्दा साह्रै रमाइलो हुने बताइन । ‘कुरै छोड्नुस घाम लाग्दा पनी गर्मि भएजस्तो लाग्दैन , पानी आउँदा सवै सँगै रुझेर काम गर्खा पनी झनै रमाइलो हुन्छ ’ घर्ति मगरले भनिन, ‘ यो काम ५÷७ बर्ष अघिनै गर्न सकेको भए अहिलेसम्म धेरैनै उन्नति हुने रहेछ , आफु त बुढि भइयो कहिले सम्म सकियलार ?’

समुहले बजारमा बेच्न लैजाने, बिउ विजन उत्पादन गर्ने, सिचाँइ गर्ने, ब्यावस्थापकिय काम गर्ने, लगाएतका जिम्मा पनि छुट्याएको छ । उत्पादीत तरकारी रामपुर तानसेन र बुटवल निर्यात गरिन्छ । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कडेलले समुहको काम देखेर आफु पनि प्रभावित भएको बताए । ‘ यो माटो पनि त्यति राम्रो छैन ढुङग्याहान छ , पानीको प्रयाप्तता छैन उहाँहरुले धेरै नै मिहनेत गर्नु भएको छ ’ कडेलले भने, ‘ उहाँहरुलाइ प्राविधिक सपोर्ट अझै जरुरी छ ।’
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले समुहगत रुपमा खुमडाँडा निवासी कृषकले गरेको तरकारी खेतिले आँफुहरु प्रभावित भएको बताए । ‘हामीले अघिल्लो बर्ष कृिषका लागि जम्मा ५ लाख रुपिँया बिनियोजन गरेका थियौँ, अहिले ७५ लाख बिनियोजन गरका छौ ,यो सबै कृषकको लगावका कारण भएको हो ’ उनले बताए ।

Comments
Loading...