सिडिओकै अगाडि बलिराजको दुखेसो अपाङ्गता परिचय पत्र पाइन

0 154

पाल्पा । गत आइतवार कम्मल बितरणका लागि बगनासकाली गाउँपालिकाको यम्घा दर्पुकको बोटे गाउ पुगेका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई एक जना अपांगता भएका ब्यक्तिले आफूले अपांगता परिचय पत्र नपाएको गुनासो गरे । ५५ वर्षीय बलिराज बोटेले अगाडि थपे–“मलाई हिड्न मिल्ने खुट्टा पनि मिलाइदिनुप¥यो सिडिओ साव” ।

१० वर्ष अघिको कुरा हो । बलिराजले गाउमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाएका थिए । त्यसैबेला उनको खुट्टामा काडा बिझ्यो । त्यो काडा त उनले आफै निकाले तर खुट्टाको घाउ पाक्यो । पछि युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा थप घाउ बल्झन सक्ने भन्दै उनको दाइने खुट्टाको पैताला काटियो । प्रमुख जिल्ला अधिकारी ढकालले आफूले उनको कृतिम खुट्टाको लागि सक्दो पहल गर्ने बताए । उनले बलिराजको अपांगता परिचय पत्रका लागि वडा कार्यालयलाई ध्यानाकर्षण समेत गराए ।

बलिराज अहिले सहज रुपमा हिड्डुल गर्न सक्दैनन् । उनले आफूले काम गर्न सक्ने त कुरै भएन । उनले अहिलेसम्म अपांगता परिचय पत्र समेत पाउन सकेका छैनन् । बलिराजले भने–“काम गरेर खाने मान्छेको खुट्टा नै काटिएपछि साहै्र गाह्रो हुने रैछ ।”
स्थानीय युवा सुन्दर बोटेले बलिराजले खुट्टा काटिएपछि कष्टकर दैनिकी बिताउंदै आएको र उनका लागि सरकारको तर्फबाट नियमित भत्ता आउने गरि अपांगता परिचयपत्र बनाइदिनुपर्ने बताए । उनले भने–“उनले अहिले काम गर्न समेत सक्दैनन् परिवारको भरमा जीवन बिताउनु परेको छ ।” वडा अध्यक्ष लक्ष्मी अधिकारीले बलिराजलाई अपाङ्गता परिचय पत्र बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । उनले बलिराजलाई तानसेनमा ल्याउने प्रतिबद्वता जनाए ।

Comments
Loading...