सिर्जनशील अपाङ्ग स्वावलम्वन केन्द्रको अध्यक्षमा भट्टराई

0 196

मुक्ति न्यौपाने । पाल्पा
सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । १० वर्षदेखि संचालनमा रहेको केन्द्रले फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाइ र आवासको समेत सुविधा प्रदान गर्दै आएको छ ।
संस्थाका आठौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पूनः सन्दीप भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नारायण आचार्यले अपाङगता भएकै कारण कोही पनि व्यक्तिलाई विभेद गर्न नहुने बताए । उनी भन्छन्, ‘कुनै कुनै दृष्टिबाट फरक क्षमता भएका व्यक्तिहरू सक्षम हुन्छन्, संवैधानीक व्यवस्था अनुसारका कुराहरु पुरा गर्न सरकार लागि परेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न आरक्षणहरुको व्यवस्था गरिएको छ ।’ उनले केन्द्रले उद्यमशील कार्य गराउनेतर्फ फरक क्षमता भएका व्यक्तिलाइ शिक्षा र स्वरोजगार गराएकोमा स्थानीय सरकारको पनि सहयोग हुनुपर्ने बताए ।

सिर्जनशील केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गगता भएका व्यक्तिहरुलाई उद्यमी बनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको बताए । संस्थाको छात्राबासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारिरिक, स्वोरबोलाई सम्बन्धी समस्या भएका व्यक्तिहरू बसोबास गर्दछन् । उनीहरूले अगरबत्ति, फिनेल, अम्रिसोको कुचो, चिया पत्ति प्याकेजिङ्ग, ट्वाईलेट क्लिनर, कुलिन, झोला, सेनेटरि प्याड, माक्स बनाई बिक्रि गर्दै आएको भट्टराइले बताए ।

अपाङ्गता भएका व्यक्तिहरु शारिरिक तथा मानसिक रुपमा संगठित भएका योजनावद्ध कार्य गर्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । दृष्टिविहिन, स्वर बोलाई, शारिरिक अपाङ्गा भएका व्यक्तिहरुले संविधान प्रदत्त हक तथा अधिकार प्राप्तिमा कठिनाई रहेको सरोकारवालाहरूको भनाइ थियो । संस्थाको अधिवेशनले उपाध्यक्षमा प्रेम बहादुर राना, सचिवमा सम्राट केसी, सहसचिवमा निर्मला पाण्डे, कोषाध्यक्षमा राधिका पोखरेल र सदस्यहरुमा सुन्दरी गौतम, शिव बहादुर पौडेल, लिल बहादुर ताम्राकार, जगत बदादुर बगाले चयन गरेको संस्थाका प्रमुख सल्लाहकार राधेश्याम ज्ञवालीले बताए ।

संस्थाकी कोषाध्यक्ष राधिका पोखरेलले केन्द्रले गत आर्थिक वर्ष २०७६,७७ मा ४३ लाख ८७ हजार रुपैयाँ संस्थाले आम्दानी गरेको बताईन् । संस्थाले ४ लाख १६ हजार बराबरको खर्च प्रतिवेदन पेश गरिन् । कार्यक्रममा संस्थाका सचिव सम्राट केसीले संस्थाले गत वर्ष सञ्चालन गरेका क्रियाकलापहरूको प्रतिवेदन पेश गरेका थिए ।

Comments
Loading...