सुशासन प्रवर्धन सम्वन्धी अन्र्तक्रिया सम्पन्न

0 30

पाल्पा । इन्द्रेणी ग्रामीण विकास केन्द्र कपिलबस्तुको आयोजनामा एकदिने सुशासन प्रवर्धनमा नागरिक समाज र संस्थाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा सरकारी, गैर सरकारी र सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाकी कार्यक्रम अधिकृत गिता नेपालले सरकारी कार्यालयहरुले सार्वजनिक सुनुवाई, नागरिक वडापत्र वजेट विश्लेषण र स्थानीय सरकार जनताहरु प्रति उत्तरदायी बन्न पारदर्शिता, सहभागिता र जवाफदेहीताको लागि सार्वजनिक सुनुवाई गर्नु पर्छ त्यसकारण हामीहरु उत्तरदायी, जवाफदेही र पारदर्शी बनौ र बनाऔ नागरिक प्रति दायित्व पालन गरौ र गराऔ भन्ने कार्यपत्र प्रस्तुत गरिन् ।

तिनाउ गाउपालिकाको दोभानमा सो कार्यक्रम लागु भएको छ । कार्यक्रममा नेकपा एमालेका उपसचिव कमल पाण्डे, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका माया बज्राचार्य गैर सरकारी संस्था महासंघ नेपालका क्षेत्रीय अध्यक्ष देवीलाल लामिछानेले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम गैर सरकारी संस्था महासंघ पाल्पा अध्यक्ष भेषराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments
Loading...