सेन माविको स्वर्णमहोत्सवको तयारी

0 70

पाल्पा । सेन माध्यमिक विद्यालय तानसेनको स्वर्ण महोत्सवको तयारी अगाडि बढेको छ । महोत्सवसफल पार्न बसेको पूर्व विद्यार्थीहरुको भेलाले विभिन्न उपसमिति गठन गरेको छ । स्वर्ण महोत्सव पूर्व विद्यार्थी मुल आयोजक समिति तानसेन नगरपालिकका मेयर अशोककुमार शाहीको संयोजकत्वमा १ हजार १ सय १ सदस्यीय समिति गठन भएको छ । जसको सदस्हरुमा सबै पूर्वविद्यार्थी रहेका छन् ।

यस अघि स्वर्ण महोत्सव तयारीकालागि भुतपूर्व विद्यार्थीको भेला असोज ४ गते बोलाएको थियो । शनिबार आयोजित भेलामा उपस्थित पूर्व विद्यार्थीले आगामी जेठ ४ गते हुने स्वर्ण महोत्सव सफल पार्न विभिन्न कार्ययोजना र कार्यक्रम बनाएर अगाडी बढ्ने निर्णय गरेको छ । भेलाले त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा लुम्विनी मेडिकल कलेजका निर्देशक सन्तोषलाल श्रेष्ठको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति गठन गरेको छ ।

जसको सदस्यहरु निदोष खनाल, कोशलराज घिमिरे, महेश शर्मा, सुशीला गैरे, शर्मिला श्रेष्ठ, राजेन्द्र कक्षपति, भूगोल बैंजु, बाबुराम बोहोरा, प्रमी श्रेष्ठ, विना श्रेष्ठ, दामोदर रेग्मी, सुरेन्द्र श्रेष्ठ, राजु महर्जन सदस्य रहेका छन् । यस्तै, आर्थिक सहयोग संकलन उपसमितिको सदस्हरु रन्जन कसजु, प्रफुल्ल शर्मा, मनोरञ्जन शर्मा, सुवर्णमुनी शाक्य, कृष्ण बस्याल, मुकेशमान श्रेष्ठ, विना श्रेष्ठ, अमोद सिमाङ्गैडा, राजु प्रसाद श्रेष्ठ, विष्णु थापा, अनिल जोशी, समीरशेखर बज्राचार्य, जयधर बैंजु लगायत रहेका छन् । भेलाले पत्रकार माधव अर्यालको संयोजकत्वमा स्मारिका प्रकाशन सहयोग समिति गठन गरेको छ । जसको सदस्यमा फणिन्द्र ढुंगाना र नमिता बस्याल रहेका छन् ।

सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा निशा शाक्य रहेकी छन् । जसको सदस्यहरु सोमबहादुर आले, करुणा गुप्ता, यमबहादुर कार्की, सुमन थापा, आषिश नेपाली, विना विष्ट, नारायण देवकोटा, पवित्रा खनाल, सुशीला शाक्य, धनराज राई, निशा बस्याल, नारायण देवकोटा लगायत छन् । त्यस्तै प्रचार प्रसार समितिका संयोजकमा पत्रकार माधव अर्याल र सदस्यहरुमा मनोरञ्जन शर्मा, महेश शर्मा, विनोद श्रेष्ठ, प्रकाश भाट, केशव नेपाल लगायत रहेका छन् । भेलाले तानसेनका भूगोलप्रसाद बैंजुको संयोजकत्वमा खेलकुद उपसमितिसमेत गठन गरेको छ ।
जसको सदस्यहरु उदेन महर्जन, मोहन सुवाल, कृष्ण सुवाल, प्रणय राणा, भगवती श्रेष्ठ, मिलनमुनी शाक्य, मीना गौचन केसी, विज्ञान बज्राचार्य, यमकुमारी आले, सुरज शाक्य, सुमन ज्ञवाली, सुरज रञ्जन, रितेश मल्ल, विनोद नेपाल, धु्रव गौचन लगायत छन् । सचिवालय तथा कार्य सम्पादक समितिको संयोजकमा अशोककुमार शाही र सदस्य सचिवमा माधव अर्याल रहेका छन् । सदस्यहरु सन्तोषलाल श्रेष्ठ, निशा शाक्य, भूगोल बैंजु, अजयमान कर्माचार्य, हिमालदत्त श्रेष्ठ, विनोद कार्की, सुजय प्रधान, गीता शर्मा, मञ्जु कुंवर ज्ञवाली, निर्दोष खनाल, शिव शर्मा र फोकल पर्सनमा विद्यालयका सहायक प्रधानाध्यापक भिमलाल बस्याल रहेका छन् ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रिभुन बहुमुखी क्याम्पसका पूर्वक्यापस प्रमुख सन्तोषलाल शाक्यले जिल्लाकै गौरवमय विद्यालय भएकाले स्वर्ण महोत्सव सफल पार्न सबैको सहयोग महत्वपूर्ण हुने बताए । उनले सबैले सहयोग गरेर स्वर्ण महोत्सवलाई भव्य, सभ्य र रचनात्मक बनाउनुपर्नेमा जोड दिए । तानसेन नगरपालिका, ६ का वडाअध्यक्ष सागरमान महर्जनले सबैले सहयोग गर्ने वातावरण बनाएर पूर्व विद्यार्थीलाई समेट्न सकियो भने स्वर्ण महोत्सव भव्य बन्ने बताए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विद्यान श्रेष्ठले स्वर्ण महोत्सवकालागि भूतपुर्व विद्यार्थीको सहयोग अमूल्य हुने बताए ।

विद्यालयका प्रधानाध्यापक सहायक प्रधानाध्यापकद्वय भिमलाल बस्याल र कृष्णबहादुर मल्लले विविध कार्यक्रमकासाथ मनाइने स्वर्ण महोत्सवले विद्यालयको इतिहासमात्र होइन आगामी दिनको भविष्य निर्धारण गर्न पनि सहयोग पुग्ने हुनेमा आफु विश्वस्त रहेको बताए । भुतपूर्व विद्यार्थी निर्दोष खनाल, कोशलराज घिमिरे, महेश शर्मा, फणिन्द्र ढुंगाना, सोमबहादुर आले, सुशिला गैरे, शर्मिला श्रेष्ठ, निशा शाक्य, करुणा गुप्ता लगायतले आफैले अध्ययन गरेको विद्यालयको स्वर्ण महोत्सवलाई सहयोग गर्नु कर्तव्य भएको बताउँदै आगामी दिनमा नजिक रहेर आफुले सहयोग गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले स्वर्ण महोत्सव सफल पार्नकालागि काठमाडौ, बुटवल, भैरहवा, पाल्पा, पोखरा, चितवनमा रहेका सेन माविका भूपु विद्यार्थीलाई सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । भेला आयोजक समितिकी सदस्य शर्मिला श्रेष्ठको स्वागत, भूतपुर्व विद्यार्थी तथा भेला आयोजक समितिका सचिव माधव अर्यालको संचालन र भूतपुर्व विद्यार्थी भेला आयोजक समितिका उपाध्यक्ष शिव शर्माको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

 

Comments
Loading...