सौभाग्य कला केन्द्रको शुभारम्भ

0 107

बिकाश काफ्ले । पाल्पा
पाल्पाको तानसेन नगरपालिका ७ देवकोटा चोक स्थित सौभाग्य कला केन्द्रको समुदघाटन भएको छ ।
शनिबार प्रमुख अतिथि पाल्पा उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले रिबन काटेर कला केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले तानसेन बजार वरिपरि कला केन्द्र खुलिरको अबस्थामा बजार भन्दा पर कला केन्द्र खोल्नु राम्रो भएको बताए ।

कार्यक्रममा कलाकारहरु गायक लोक दुनियाँ प्रेम लामिछाने मगर , गायक रास्कोटि मगर , गायक सित्तल लामिछाने मगर , जादु गर बिजय बोम्डेल लोकप्रिय गायक कमल भट्टराई गायक शिव भट्टराई , गायक सुमन गैरे डान्सर गोकुल सारु लगायतका कलाकारले प्रस्तुति राखेका थिए ।
कला केन्द्र खोल्न १ लाख ८ हजार लागत रहेको कला केन्द्र व्यवस्थापक बिजय बोम्डेल बताए । कला केन्द्र जादु बिजय बोम्डेल , लोकप्रिय गायक कमल भट्टराई डान्सर गोकुल सारु संयुक्तरूपमा संचालनमा ल्याएका हुन् ।

कार्यक्रम डान्सर गोकुल सारुको अध्यक्षता काल केन्द्रका सल्लाहकार कमल भट्टराईको स्वागत मन्तव्य कलाकार रामकृष्ण थापाको संचालनमा कार्यक्रम सम्पन्न भयो ।

Comments
Loading...