स्थानीय तह संवादमा युवा र युवा नेतृत्वबारे छलफल

0 66

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा बगनासकाली गाउँपालिका वडा नं. ९ चापपानीमा स्थानीय तह अन्र्तसंवाद तथा स्थानीय तह संवाद बैठक सम्पन्न भएको छ ।

संवाद कार्यक्रममा स्थानीय स्तरमा रहेका युवा समस्याहरु र समाधानमा युवा, निगरानी समूह र सरोकारवालाहरुको भूमिका विषयमा संवाद गरिएको थियो । साथै युवा स्वास्थ्य र प्रजनन् अधिकार, युवा समूहले गर्दै आएका रचनात्मक प्रयासहरु र आगामी दिनमा युवा समूह र निगरानी समूहबीच गर्न सकिने सहकार्यका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, पत्रकार दयाराज न्यौपाने, मानवअधिकार निगरानी समूहका संयोजक रणप्रताप खाण, युवा समूहका अध्यक्ष बरुण बस्याल लगायतले आआफ्नो धारणा राखेका थिए ।

Comments
Loading...