स्याङजामा एउटा प्रदेशमा बाहेक सबै पदमा गठबन्धन बिजयी

0 29

सिर्जना घिमिरे । रामपुर
स्याङजामा क्षेत्रनम्बर २ प्रदेशसभा २ मा बाहेक प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । स्याङजाको क्षेत्रनम्बर २ मा प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनकी उम्मेदवार पद्मा अर्याल विजयी भएकी छन् । अर्यालले पुर्व उपप्रधान एवम् शिक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पछि पार्दै ३५ हजार १ सय ४१ मतका साथ विजयी भएकी हुन् । नेपाली कांग्रेसका श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरे ।

त्यस्तै स्याङजाको क्षेत्रनम्बर १ प्रदेशसभा १ मा नेपाली काग्रेसका उम्मेदवार कमल पँगेनीलाई हराउदै गठबन्धनका उम्मेदवार दिपक चर्ति मगरले १७ हजार ३ सय ३२ मतका साथ विजयी भएका छन् । नेपाली काग्रेसका कमल पँगेनी १४ हजार ६ सय ६६ मत प्राप्त गरे । प्रदेशसभा २ प्रदेशसभा १ मा गठबन्धनका उम्मेदवार मोहन रेग्मीले पनि विजय हासिल गरेका छन् । रेग्मील्ो १६ हजार ६ सय १३ तथा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गरे ।
क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका भागवत् प्रकाश मल्ल विजयी भएका छन् । उनले १९ हजार १ सय ७० प्राप्त गरे भने गठबन्धनका पारस गैरेले १७ हजार ६ सय ३० मत ल्याए ।

त्यस्तै प्रतिनिधीसभा क्षेत्रनम्बर १ मा गठबन्धनका उम्मेदवार गठबन्धनका नारायण मरासिनी बिजयी भएका छन् । उनले ३९ हजार ४ सय ३३ तथा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु थापाले २८ हजार ७ सय ३१ मत ल्याए । क्षेत्रनम्बर १ को प्रदेशसभा २ मा बामगठबन्धनका मिनप्रसाद गुरुङले विजयी भएका छन् । गुरुङले २० हजार २ सय ४८ नेपाली कांग्रेसका तुल्सी गिरीले १४ हजार ५ सय १० मत पाए ।

Comments
Loading...