स्वच्छ निर्वाचनका लागि स्वच्छ पर्यबेक्षण आवश्यक छः बराल

0 19

पाल्पा । पाल्पाका मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले निर्वाचनमा स्वच्छ पर्यबेक्षण गरि निर्वाचन सफल बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय मानवअधिकार निगरानी समूह पाल्पाको संयोजनमा निर्वाचनमा मानवअधिकारकर्मीहरुको भूमिका बिषयको छलफल अन्र्तक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
स्वच्छ निर्वाचनका लागि स्वच्छ पर्यबेक्षणको खाँचो रहेको समेत उनले बताए । मंसिर २१ गते हुने निर्वाचनका लागि आवश्यक सबै सामाग्रीहरु जिल्लामा आइसकेको र अहिले कर्मचारी व्यवस्थापनका लागि तयारी भइरहेको उनले बताए ।

सोही टोलीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग समेत भेट गरि निर्वाचनबारे जानकारी लिएको थियो । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले निर्वाचनको सुरक्षालाई ख्याल गरि सुरक्षा निकायको टोली सबै मतदान स्थलमा पुगि आवश्यक विवरण ल्याइएको र त्यसैको आधारमा सुरक्षा योजना निर्माण गरिने बताए । प्रहरी उपरीक्षक दिल्लीराज पन्तले मतदान केन्द्रहरुलाई अतिसम्वेदनशील, सम्वेदनशील र सामान्यमा सूचीकृत गरि सुरक्षा योजना बनाइएको बताए । म्यादी प्रहरीहरुलाई तालिम दिने काम समेत भइरहेको उनले बताए ।

इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेल, जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी लगायतले निर्वाचन र तयारीबारे जिज्ञाशा तथा आफ्नो धारणा राखेका थिए ।

Comments
Loading...