स्वावलम्वनको साधारण सभा सम्पन्न

0 144

दयाराज न्यौपाने । पाल्पा
स्वाबलम्वन विकास बचत तथा ऋण सहकारी संस्था बगनासकाली–८ बराङ्दीको २० आंै साधारणसभा बराङ्दीमा सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर जिसीले सहकारी मार्फत प्रत्येक बर्ष एक उत्पादनलाई पुर्णता दिन सके युवा शक्तिलाई स्वदेशमा राख्न सकिने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष डिल्लीराम गैरेले सहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानी गर्नु पर्न बताए । साभारण सभामा संस्थाको बार्षिक आय —व्यय प्रतिबेदन प्रस्तुत गदै लेखा समितति संयोजक गणेश प्रसाद बस्यालले यस बर्ष संस्थाले १ करोड ९८ लाख रुपियाँ बराबरको कारोवार गरेको र ३ लाख ४३ हजार रुपियाँ शुद्ध नाफा गरेको जानकारी गराए ।

संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष बामदेव बस्यालले आगामी दिनमा संस्थाको आय आर्जनको क्षेत्रमा लगानी गदै जाने खालका कार्यक्रम रहेको तथा क्रमागत कार्यक्रमलाई निरन्तरता दिएको बताए । कार्यक्रममा वडा अध्यक्ष गणेश प्रशाद बस्याल, स्वाबलम्वन बिकास बचत तथा ऋण सहकारी संस्था बराङ्दीका पुर्व अध्यक्ष हुमराज बस्याल, सल्लाहकार कमलराज तिमिल्सेना,ओम प्रकाश घिमिरे,रबिलाल तिमिल्सेना, सृजना बहुउदेश्य सहकारी संस्थाका चापपानीका अध्यक्ष कृष्ण प्रसाद भुसाल, पत्रकार दयाराज न्यौपाने, सेयर सदस्य लक्ष्मी बस्याल, नारायण तिमिल्सेना लगायतले बोल्दै सहकारीको मर्म अनुरुप काम गदै आम्दानीको श्रोतलाई बढाउनु पर्ने बताए ।

कार्यक्रममा संस्थामा निरन्तर सहयोग गरेको भन्दै संस्थाका पुर्व अध्यक्ष गणेश प्रसाद बस्याल पुर्व सदस्य रबिलाल तिमिल्सेनालाई सम्मान पत्र ,पाल्पाली करुवा,नगद र टोपीले सम्मान गरीएको थियो त्यस्तै कार्यक्षेत्र भित्रका सामुदायिक बिद्यालयका माध्यमिक बिद्यालय तर्फ उत्कृष्ट अकं ल्याउने कृष्ण बस्याल, सुप्रिया बस्याललाई सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।

यस आर्थीक बर्ष भित्रमा नियमित किस्ता बुझाउने मध्ये असल ऋणी २ जना,कुशल बचतकर्ता ३ जनालाई नगद पुरस्कारले सम्मान गरीएको थियो । भने समयमै उपस्थीत हुने बानीको बिकास लागी तोकीएको समयमै आउने मध्य १५ जनालाई नगदले सम्मान गरीएको थियो । संस्थाका उपाध्यक्ष इश्वरा गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संस्थाका सचिव लक्ष्मण प्रसाद घिमिरेको संचालन तथा स्वाबलम्वन बिकास बचत तथा ऋण सहकारी संस्था बराङ्दीका अध्यक्ष बामदेव बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 

Comments
Loading...