स्वास्थ्यबर्धक रातो च्याउको उत्पादन पाल्पामै सुरु

0 98

नेत्र गैरे । पाल्पा
जडिबुटीको राजा भनी चिनिने रातो च्याउ (गानोडर्मा ) को उत्पादन पाल्पामा शुरु गरिएको छ । भैरव दर्शन च्याउ उद्योगका संचालक केशव कार्कीले रातो च्याउको उत्पादनका साथै त्यसलाई प्रशोधन गरि कफी र पाउडरको रुपमा बजारमा ल्याएका छन् । काठका मुढा र काठको धुलोलाई र्निमलीकरण गरि बनाइएका करिव ५ हजार बलमा रातो च्याउ उत्पादन गरि बजारमा लगिएको कार्कीले बताए ।

न्युन मध्यम परिवारमा जन्मी सानै उमेरदेखी समृद्धिको लागि लडाई लडदै आएका केशव कार्की ले सजिवनको बिँया पेलेर तेल निकाली मोटर चलाएर किर्तीमान कायम गरेको उनको बिगत रहेको छ । हाल उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत व्यावसायिक कृषि उत्पादन केन्द्र (बल्क) बिकास कार्यक्रम बाट प्राप्त अनुदान सहयोगमा तानसेन नगरपालिका वडा नंम्बर ८ जरे पिपलका ३७ जना कृषकहरु मिली सामुहिक खेती गर्दै आएका छन् । २०६७ सालमा गाउँका ३७ जना कृषकहरुले महालक्ष्मी च्याउ उत्पादक समुह स्थापना गरि च्याउ खेतीको सुरुवात गर्दै आएका हुन् । कार्कीले हाल रातो च्याउँ (गानोडर्मा ) को कफी र पाउँडर तयार गरि ग्याष्ट्रीक,पायल्स,एलर्जी,लगायत क्यान्सर र मुटु रोगका विरामीहरुलाई राहात दिलाउँर्दै हिडेका छन । उनले खुवाएको रातो च्याउँको कफिले लामो समय देखि निको नभएका रोगहरु निको हुन थालेका बिरामीहरु अनुभव सुनाउछन् ।

तानसेन नगपालिका वडा नं ८ कि मिना गुरुङको १६ वर्ष पुरानो रोग यसै रातो च्याउको कफिको नियमित सेवनले सन्चो भएको छ । उनि भन्छिन एक महिना पहिले दे्खि कफि सेवन गर्दै आउँदा आफ्नो पुरानो रोगका लक्षणहरु घाटि दुख्ने,खाना नपच्ने रोगहरुबाट मुक्ति पाएको बताउँछिन । यस्तै तानपा ७ लामडाँडाका वर्ष ७१ का उमेर पाका पदम बहादुरको भाट पनि २० वर्ष पुरानो मिर्गे रोगबाट उन्मुक्ति पाएको अनुभव छ । भाटको अहिले च्याउकै नियमित सेवनले रगतको अभावले लागेको रक्त अल्पता जस्तो ठुलै रोगको निदान भएको उनी बताउँछन् । आफुमा देखिएको बेहोस हुने, कमजोरी महसुश हुने लगायतको समस्याको समधान भएको उनले बताए । वडा नं ८ का धन बहादुर कार्कीले आफु लामो समय देखि पायल्स,कोलिस्टोरको औंषधी सेवा गर्दा निको नभएको रोग च्याउँकै कफिको सेवानले छुटकारा पाउँदै गएको बताए ।

गत आर्थिक वर्षमा च्याउ ल्बकका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत २५ लाख अनुदान सहयोग गरिएको छ । कृषि ज्ञान केन्द्र जिल्ला कार्यालय पाल्पाले बल्क परियोजनाबाट विनियोजित बजेटबाट उपलब्धीमुलक र बजेटको प्रभावकारी कार्यन्वयन भएको कार्यक्रम सफल भएको कार्यालयका प्रमखु शिव प्रसाद अर्यालले बताए । उनले च्याउ उत्पादन कार्यक्रम प्रभावकारी र सन्तोषजन भएका कारण भावि दिनमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने सिकाई महालक्ष्मी च्याउँ उत्पादक बल्क समुहले दिएकाले जिल्लामा च्याउको थप बल्क सँगसँगै जोन,सुपरजोनका कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।



समुह द्धारा सञ्चालित महालक्ष्मी च्याउ उत्पादक बल्क समुहका संयोजक केशब कार्कीका अनुसार हाल बल्कमा सिटाके च्याउका २९ हजार ५ सय मुढमा र रातो च्याउ ५ हजार मुढा र बलमा उत्पादन सुरु भएको छ । संयोजक कार्कीका अनुसार उत्पादीत रातो च्याउ (गानोडर्मा ) को ब्यवसायिक उत्पादन सुरु गरि यसबाट कफि उत्पादन गरि जनताका विभिन्न खाले दिर्घकालिन रोगब्याधको समधानको लागि उत्पादीत कफिलाई बजारमा पु्याउन सुरु भएको बताउछन् । कार्की भन्छन छोटो समयमै सुरु गरेको च्याउको कफिले बिरामीहरुमा सकारात्मक पार्नुका साथै लामो समय देखि अस्पताल र मेडिकलबाट सेवन गरेको औंषधीले निको नभएको रोग च्याउको कफिले निको बनाउन सफल रहेको बताए । कार्कीका अनुसार रोग जनचेतनाको कमीका कारण लाग्ने भन्दै रोग लागे पछि भन्दा रोग लाग्नु पुर्व नै सचेत भएको खण्डमा दिर्घरोग क्यानसर,मुटुरोगबाट जोगिन सकिने बताए । उनले आफु सहित सयौ युवाहरुलाई ब्यवासायिक बनाउदै स्वदेशमै रोगजारको कार्यक्रम सिर्जन गर्ने दावि गर्नुहुन्छ । हिमालयन च्याउ फर्म पोखराका प्रोपाइटर च्याउ अनुसन्धानकर्ता टिका अर्यालयका अनुसार रातो च्याउँ (गानोडर्मा)ले क्यानसर एलर्जी,कलेजो,मुटुरोग,पायल्स जस्ता गम्भीर प्रकिृतिका २ सय बढी रोगलाई निको पर्न सक्ने औंषधीय गुण भएको उनले बताए ।


जिल्लामै पहिलो पटक सफल च्याउ बल्कको रुपमा रहेको तानसेन ८ को भालेबास,जरेपिपल,तेल्घा,सुनडाँडा,मदनपोखरा,डुम्रे लगायतको क्षेत्रमा च्याउको उत्पादनले नेपालकै नमुनाको रुपमा ख्याति कमाएको छ । उत्पादीत च्याउनको बजारीकरणमा कुनै किसिको समस्या नदेखियोस भन्ने हेतुले जिल्लामै पहिलोपटक च्याउको साकाहारी खाजा घर सञ्चालनमा रहेको छ । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि रोजाईको खाजा घर बनेको छ ।

Comments
Loading...