स्वास्थ्य बिमा गराउने बढे

0 170

एवत सारु । रम्भा (पाल्पा)
रम्भा गाउँपालिका—२, फोक्सिङ्गकोटमा स्वास्थ्य बिमा गराउनेहरुको संख्या बढेको छ । स्वास्थ्य बिमा गर्दा हुने फाईदा बारे बुझ्न थाले पछि टोल बस्तीका घरमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्न थालेको हो ।

ब्लड पे्रशर, सुगर, जन्डीस जस्ता रोग लागेका दीर्घ रोगी व्यक्ति तथा उनीहरुका परिवारले स्वास्थ्य बिमा गराएका छन् । गत वर्ष भञ्ज्याङ्गथोक निवासी मीनाकुमारी पाडेको पित्तमा भएको पत्थरी अपे्रशन गर्दा ३९ हजार खर्च भएको अस्पतालले जनाए पनि स्वास्थ्य बीमा गरेको हुँदा मीनाकुमारीले १३४ रुपिया मात्र अस्पतालालाई बुझाउनु परेको कुरा सबैले थाहा पाए पछि बिमाप्रति आकर्षण बढेको छ । “पहिलेपहिले बिमा गराउनुस भन्दै टोल बस्तीमा स्वास्थ्य बिमा शिक्षा दिन जानु पथ्र्यो, आजभोली सजिलो भएको छ, उनीहरु बीमा गर्न आफै फोन गरी बोलाउने गर्छन” नाम दर्ता सहयोगी कृष्ण कुमारी गाहाले बताईन् ।

अहिले सम्म फोक्सिङ्गकोटमा ११३ घरका ५६४ जनाले स्वास्थ्य बिमा गराइ सकेका छन् । शुरुमा केहीले ताहूँ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने गरि नाम दर्ता गरे पनि आजभोली युनाईटेड मिशन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजलाई पहिलो स्वास्थ्य सेवा प्रदायक संस्थाको रुपमा छनोट गरेका छन् । वडाका ५ जनाले बिमा गरेपछि ६० हजार रुपिया भन्दा बढीको सुविधा लिइ सकेका छन् ।

सुविधा हुने भए पछि फोक्सिङ्गकोट छोडी अन्यन्त्र गएका तर बसाइसराई नलिएकाहरु समेत गाउँमा आएर बिमा गराउन थालेका छन् भने फोक्ुिङ्गकोटमा बसोबास गर्ने पाल्पा बाहिरका शिक्षक, कर्मचारी तथा नातेदारहरुले समेत बिमा गराउन थालेका छन् । पाल्पा जिल्लामा गएको पुस ११ गते देखि सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य विमा लागू गरिएको थियो ।

Comments
Loading...