स्वास्थ्य मापदण्ड पुरा गरेर खुल्ने भए बगनासकालीका स्कुल

0 322

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै पालिका भित्रका बिद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

कोरोनाका कारण बिद्यालय बन्द रहँदा बिद्यार्थीहरुको सिकाई क्रियाकलापमा ठुलो प्रभाव परेको भन्दै गाउँपालिकाले बिद्यालय संचालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाको शिक्षा समितिको आईतबारको बैठकले नियमित रुपमा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो ।

विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय संचालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

फोटोः फाइल

Comments
Loading...