हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0 83

(रम्भा) पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटले अतिरिक्त क्रियाकलाप अन्तर्गत प्राथमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको छ । प्रतियोगितामा दिपीका पाडेमगरको समूह प्रथम, सुचना काँमुको समुह दोश्रो तथा धनीसरा सोमैको समूह तेश्रा भएका छन् ।

शिक्षक कृष्णकुमार अधिकारीको सहजीकरणमा चलेको प्रतियोगितामा विजयी समूहलाई प्रधानाध्यापक खेमप्रसाद अर्यालले पुरस्कार वितरण गरे । विद्यालयले यस वर्ष भर्ना भएका ४३ जना नयाँ विद्यार्थीलाई स्वागत समेत गरेको छ । नयाँ विद्यार्थीलाई फुलमाला तथा अबिर लगाई स्वागत गरिएको हो ।

Comments
Loading...