हिउँदेखोला नजिकै सडक भासिएपछि पाल्पा बुटवल सडक बन्द

0 329

पाल्पा । बुटवल पाल्पा सडक खण्ड अन्र्तगत हिउँदेखोला नजिकै सडक भाँसिदा राजमार्ग अबरुद्ध बनेको छ । हिउँदेखोला नजिकै झण्डै ४० मिटर सडक भाँसिदा आज दिउँसोबाटै यो सडक अवरुद्ध भएको छ ।

सडक भासिकएको र सडक भासिएकै कारण सवारी साधान सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । सडक कतिबेलाबाट खुल्छ भन्नेबारे केही भन्न नसकिएको अवस्था रहेको बताइएको छ ।

Comments
Loading...