१० दिने सीपमुलक कुक तालिम सम्पन्न

0 153

हरि जिसी । पाल्पा समृद्ध बचत तथा ऋण सहकारी सस्था लिमिटेड र करियर ग्रुप नेपालको संयुक्त आयोजनामा १० दिने बिशेष सिपमुलक कुक तालिम मगलबार तानसेनमा समपन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजन सहकारी कार्यलय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहोराले समृद्ध बचत तथा ऋण सहकारी सस्थाले सिपमुलक तालिम दिई मानिसहरुमा क्षमताको बिकास हुनुका साथै स्वरोजगार बन्ने हेतुले पनि यस्ता तालिमहरु सन्तालन गर्नुपर्ने अवश्यक रहने बताए ।

करियर ग्रुप नेपालका प्रबन्धक निदेशक धन बहादुर रुचालले यूवा यूवतीहरुलाई तालिम दिई स्वदेश मै रोजगरी सिर्जना हुनुका साथै उनीहरुको आयस्तरमा बृद्धि र्गका लागि यस्ता तालिमहरु आवश्यक रहने बताए ।
े कार्यक्रमा बोल्दै समृद्ध बचत तथा ऋण सहकारी सस्था लिमिटेड पाल्पाका अध्यक्ष चन्द्र बहादुर नेपालीले थौरै समयमा भए पनि तालिम लिई नयाँ परिकारहरु बनाउनमा थप सहज हुने बताए ।
१० दिने बिशेष सिपमुलक कुक तालिम लिएका परिक्षार्थीहरु पहिलो समुहबाट सिता सारु, राजेश कुमार नेपाली र दोस्रो समुहबाट हरिकला थापाले तालिममा धेरै कुरा सिकेको र तलिमबाट सिकेका कुराहरुलाई सदुपयोग गर्ने बताए । तालिममा प्रशिक्षक अमृत केसीले तालिम दिएका थिए ।

कार्यक्रममा स्वगत मन्तब्य समृद्ध बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सहसचिव तुल्सी सुर्यवंसीले गरेकी थिइन् । समृद्ध बचत तथा ऋण सहकारी सस्था लिमिटेड पाल्पाका चन्द्र बहादुर नेपालीको सभपतित्वमा भएको कार्यक्रमको सञ्चालन समृद्ध बचत तथा क्रृण सहकारी सस्था लिमिटेडका सचिव गणेश बहादुर थापाले गरेका थिए ।

फोटो गुगल

Comments
Loading...