११ औ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता पाल्पामा हुने

0 215

दयाराज न्यौपाने । पाल्पा
जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत पालिका स्तरीय छनौट खेल आगामी जेठ २४ बाट पाल्पामा सुरु हुने भएको छ ।


खेल सम्वन्धी तयारीका लागि बसेको बैठकलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले क्षेत्र र स्थानीय तहबाटै खेलाडी छनोट कार्यले खेल बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।


बैठकले आगामी २४ देखी र ३१ गते पाल्पाका १० स्थानिय तहमा पालिका स्तरीय छनौट प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष करुणा काफ्लेले बताए ।
छनोट प्रतियोगीतमा कवड्डी महिला पुरुष ,तेक्वान्दो डव्लु. टि एफ तेक्वान्दो,आई.टि एफ एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ×४ रिले र २०० ×४ रिले र ४०० ×४ रिले कराते महिल पुरुष,भलिबल महिला पुरुष, लगायतका खेल बिधामा माध्यमिक तहमा अध्यान गर्ने बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्नै कार्यालय प्रमुख तारा बहादुर थापाले बताए ।


बैठक प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितीका संयोजक दयाराज बस्यालको अध्यक्षतामा चलको थियो ।

Comments
Loading...