१७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ

0 7,516

पाल्पा । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २१ बर्षीय दिपक नेपालीलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।

पीडितलाई आरोपितले शुक्रवार रातिको समयमा किशोरीको घरमै गएर बलात्कार गरेको भन्दै पिडित पक्षले आइतवार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पिडितपक्षको उजुरी पछि आरोपितलाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

Comments
Loading...