१ दिने निःशुल्क माटो परीक्षण शिविर बगनासकालीमा सञ्चालन

0 294

पाल्पा । बगनासकाली गाउंपालिका पाल्पाको कृषि विकास शाखाको आयोजनामा १ दिने निःशुल्क माटो परिक्षण शिविर सञ्चालन भएको छ ।

लक्ष्मी माध्यमिक विद्यालय तानसेनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्यकै क्रममा बगनासकाली गाउंपालिका १ नं. वडाका वडा अध्यक्षसोमवहादुर झेडींले बगनासकालीका प्रत्येक टोलटोलबाट नियमानुसार संकलन गरी ल्याएका माटो परिक्षण गरी पिएच थाहा पाईने् र कुन बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ वा मेरो बारीको माटोमा कुन खाद्य तव्वको कमी छ भन्ने कुरा जानकारी हुने र कृषकले ल्याउनु भएको माटो परिक्षण पछि के कस्तो उपचार गर्ने भन्ने पनि जानकारी हुनेछ भन्ने कुरा राखेका थिए ।


बगनासकाली गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठल मानिसको जीवनको महत्वपूर्ण पाटो कृषि हो र यस्ता खाले कार्यक्रमले बगनासकालीले अवलम्वन गरेको कृषि उद्यमशिलताको माध्यमवाट बगनासकालीलाई परिचित गराउने सपना साकार हुने विचार व्यक्त गर्नुका साथै प्राविधिक सहयोग उपलव्ध गराउने श्री लक्ष्मी माध्यमिक विद्यँलय तानसेन ५,पाल्पालाई गाउंपालिकाको तर्पmबाट हार्दिक धन्यवाद पनि व्यक्त गरे ।


मन्तव्यकै क्रममा सहयोगी संस्थाको तर्पmवाट लक्ष्मी माध्यमिक विद्यँलयका सुनिल घिमिरेले माटो परिक्षणका लागि संकलन गर्दा विभिन्न विधीहरु हुन्छन यदी सही तरिकाले माटो संकलन भएकोमा परिक्षण पछि कुन बालीलाई शुक्ष्म तव्व कति चाहिन्छ तपाईहरुले परिक्षणका लागि ल्याएको माटोमा अम्लिएपन कति छ र परिक्षण पश्चात के कस्ता उपचार विधीहरु अपनाउन सकिन्छ भन्ने कुरा जानकारी हुनुका साथै यस कार्यक्रमको उद्देश्य भनेको माटोमा पिएच कति छ भन्ने मात्र जानकारी हुने र त्यस पश्चात थप जाचको आवश्यक भएमा पुन जाच गर्न सकिने कुरा राखेका थिए ।


कार्यक्रमकै अवसरमा अध्यक्षको आशनवाट बोल्दै गाउपालिका उपाध्यक्षसरस्वती चिदीज्यूले बगनासकालीमा कृषि प्राविधिकहरुको सहयोगमा अन्यत्र माटो पु¥याएर भएपनि जाच गर्ने गरेकोमा परिक्षण पश्चात दिइएका सुझाव सहित माटो उपचारका विधिहरु प्रयोग नगरेका र कृषि चुन थोरै मात्रामा ल्याउन सम्भव नभएकोले माटोमा रहेको अम्लिए पनाको उपचार गर्न सम्भव भएको थिएन तर यसरी समुदायवाटै माटो परिक्षण गर्न तत्परता देखाएका कारण माटो उपचारको लागि आवश्यक सामाग्रीहरु ल्याउन गाउंपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । उनले कोभिड १९ कोरोना भाईरसका कारण वढ्दै गएको विसम परिस्थितिका कारण भारत लगायतका अन्य देशबाट दाजुभाईहरु फर्कने कारणले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक वनाउन आवश्यक भएको कुरामा ध्यान दिईने बताइन् ।


एक दिने माटोको नमूना परिक्षण शिविरमा विभिन्न वडाका ५२ जना कृषकहरुको माटो परिक्षण गरिएको थियो । कार्यक्रमकै बिचमा ४०० मिटर लम्वाई भएको प्लाष्टिक रोल बगनासकालीका २३ जना किसानहरुलाई नयां प्रविधिमा खेति गर्नको लागि प्लास्टिक मल्चिङ निःशुल्क रुपमा वितरण गरिएको थियो ।


कार्यक्रम बगनासकाली गाउंपालिका कृषि विकास शाखाका प्रमुख राजेश वोहराको संचालन प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको स्वागत सहित कार्यक्रमको औचित्य तथा उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...