१ हप्ते होम स्टे तालिम सुरु

0 84

पाल्पा । होम स्टे तथा घरबास व्यवस्थापन सम्बन्धी १ हप्ते तालिम बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दीमा शनिवारबाट सुरु भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले यसप्रकारको तालिम लिएपछि होम स्टे संचालन गर्नुपर्ने र त्यसले आर्थिक समृद्धितर्फ जोड्ने बताए ।

नेपाल निजामति कर्मचारी संगठनका पुर्व केन्द्रीय अध्यक्ष गणेश प्रसाद बस्यालले सामाजिक कार्य सगै स्थानीय साधन स्रोतलाई प्रयोग गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल सरकारका पुर्व बाणिज्य दुत तथा नेपाल सरकारका सह सचिव हरि प्रसाद बस्यालले सरकारका कार्यक्रमलाई स्थानीय सरकारसित समन्वय गर्दै पारदर्शी र सहभागीता मुलक बनाउनु पर्ने बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले हरेक योजनाको आफ्नै महत्व रहेको बताउदै बगनासकालीमा होम स्टेको राम्रो सम्भावना रहेको र गाउँपालिकाले समेत पर्यटन गुरुयोजना सहित अगाडि बढ्न लागेको बताए कार्यक्रममा होमस्टे संचालक एसोसिएसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल, वडा अध्यक्ष गणेश प्रसाद बस्याल , नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य कृष्ण भुषाल, नेपाल पर्यटन तथा होटल व्यस्थापन प्रतिष्ठानका उपाध्यक्ष शत्यनारायण शाह ,शिक्षक राम प्रसाद बस्याल, महिला समुहका सचिव गीता बस्याल लगायतले बोल्दै यसप्रकारको तामिल समयको माग भएको बताए ।

नेपाल पर्यटन तथा होटल व्यस्थापन प्रतिष्ठान काठमाडौको आयोजनामा , बगनासकाली गाउँपालिका पाल्पाको सह आयोजना र महिला समुह बराङ्दीको समन्वयमा संचालित तालिममा बराङ्दी खानीगाउँ र चापपानीका १५ जना पुरुष र २५ महिला गरी ४० जनाको सहभागीता रहेको छ ।
तालिममा धिरज गुरुंग, सत्यनारायण शाह लगायतले सहजीकरण गर्नेछन् । तालिममा खानाका परिकार,स्थानीय खाना, सहि बसाइको व्यवस्थापन , स्थानीय कला र संस्कृतिको प्रस्तुती रेख देख र संरक्षणमा समुदायको भुमिका जस्ता विषयमा प्रशिक्षण दिइनेछ ।

Comments
Loading...