३ थान भरुवा बन्दुक सहित पाल्पामा एक जना पक्राउ

0 308

पाल्पा । बगनासकाली गाउँपालिका–३ सिंचासबाट तीन थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । स्थानीय ५८ बर्षीय हिरा बहादुर सारुले आफ्नै घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

Comments
Loading...