३ महिनाभित्र वार्ताले निकास पाउछः संयोजक पाण्डेय

0 86

पाल्पा । उच्चस्तरीय वार्ता समितिका संयोजक तथा प्रतिनिधि सभाका सदस्य सोमप्रसाद पाण्डेयले आन्दोलनरत पक्षलाई केही दिनभित्रै पत्र काटेर बार्तामा बोलाइने बताएका छन् ।

सोमवार तानसेनमा पत्रकारहरुसितको अन्र्तक्रियाका क्रममा संयोजक पाण्डेयले विप्लव समूहका कन्द्रीय नेताहरुलाई पक्राउ गरेर प्रहरीले यातना दिएको भन्ने आरोप माथि सत्यता नभएको प्रष्ट पारे । पाण्डेयले धेरै समूहहरु आफुहरुको सम्पर्कमा आइसकेको र आफुहरुका लागि तोकिएको ३ महिने समयसिमाभित्रै सबै पक्षलाई वार्ताको माध्यमबाट समाधानतर्फ ल्याइने बताए ।

विगत केही बर्ष देखि कही कतै विभिन्न किसिमका माग राखेर विद्रोह र द्वन्दमा रहेका २३ वटा समूहसँग वार्ता गरी समस्याको समाधान गर्ने तयारीमा आफुहरु लागेको बताए । यसका लागि आफुहरुलाई सरकारको तर्फबाट पुरा अधिकार भएको र वार्ता गरिसकेपछि फेरि के गर्ने के नगर्ने भनेर प्रधानमन्त्री, गृहमन्त्रलाई सोधीराख्नु नपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रम प्रेस संगठनका जिल्ला अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षता, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सेनाको स्वागत र पत्रकार रेखीराम रानाको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...