३ हजार १ सय घरमा पुगिसके, माहोल धेरै राम्रो छः सुवेदी

0 2,172

पाल्पा । स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले आफु मत माग्ने सिलसिलामा आफ्नो क्षेत्रका ३ हजार १ सय बढी घरमा पुगिसकेको बताउनुभएको छ । उहाँले मतदाताको घरदैलो पुग्दा मतदाताहरुले दिनुभएको विश्वासले आफू उत्साही भएको बताउनुभयो । पाल्पाका पुराना पत्रकार जीवलाल सुवेदी चुनावी मैदानमा उत्रिनुभएको हो । उहाँ यतिबेला जनताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । राम्रो व्यक्ति छान्न नसक्दा देशको भविष्य पटक पटक ओझेलिएको भन्दै आफु चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।

उहाँले पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । अहिले आफु मत माग्नका लागि जनताको घर दैलोमा व्यस्त रहेको र आम मतदाताहरुले पनि राम्रो विश्वास दिलाउनुभएको सुवेदीले बताउनुभयो । पाल्पा होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सुवेदी २०५० सालदेखि पाल्पाको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

सुवेदीले आम मतादाताहरुलाई आफ्नो चुनाव चिन्ह कैचीमा मतदान गर्न आग्रह समेत गर्नुभयो । उहाँले बिगत केही वर्षदेखि तानसेन र आसपासमा स्वस्थ समाज निर्माण अभियान अन्र्तगत कुचो बितरण गर्दै आउनुभएको छ । “मतदाताहरुसँग भेट गरि अन्र्तक्रियाका माध्यमबाट समाजका समस्याहरु टिपोट गर्दै आएको छु अवश्य पनि मैले ती समस्याहरुको समाधानका लागि पहल गर्नेछु ।” उहाँले भन्नुभयो ।
जनताको घरदैलोमा पुगिरहेको छु, उहाँको समस्या टिपोट गरिरहेको छु । म निर्वाचित भएपछि ५ वर्षभित्र क्रमशः जनताको अपेक्षाहरुलाई पूरा गर्दै जानेछु । उहाँले भन्नुभयो ।

Comments
Loading...