४ वटा बोटको सुन्तलाबाट ९ हजार आम्दानी

0 135

एवत सारू (रम्भा) । पाल्पा
रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोट रानीबासका गणेशबहादुर गाहा यस वर्ष १०० वटा सुन्तलाको बोट लगाउने तरखरमा छन् ।
सुन्तलाबाट थोरै लगानी र मिहेनेतबाट राम्रो कमाई हुुने थाहा पाए पछि अब सुन्तला बगैचा बनाउने तयारी गरेका छन् । घरबारीमा भएको ४ ओटा सुन्तलाको बोटमा मात्र ९ हजार रुपिया भन्दा बढीको सुन्तला फले पछि उनी अझ १०० बोट लगाउने तरखरमा छन् । “सुन्तला त गज्जब फल्ने रैछ, टिपेछ टिपेछ, ४ बोटबाट ९००० रुपिया कमाई भयो” ठूलठूला पोटिला सुन्तलाका दाना देखाउँदै गाहाले भने ।

छरछिमेकी र आफन्तलाई दिएर पनि उनले यस वर्ष करिब २५० किलो सुन्तला बेचे । केही घरैमा, केही तानसेन र केही हुँगीमा सुन्तला बेचेको गाहा बताउँछन । उनको बारीमा ३ वर्ष अगाडी रोपेको ३० ओटा सुन्तला तथा १० ओटा कागतीको बोट पनि छ । अब फल दिने बेला भएको उनले बताए ।

सुन्तलाजात फलफुल बिकास केन्द्र पाल्पाले फोक्सिङ्गकोट क्षेत्रलाई सुन्तला उत्पादन हुने क्षेत्रमा रोखपनि यहाँका किसान व्यवसायिक रुपमा आकर्षित हुन सकेको छैन । फोक्सिङ्गकोटको अधिकांश भाग उत्तरी ढलान फर्केको र उत्तरी फर्केको क्षेत्रमा सुन्तला उत्पादन हुने विज्ञहरु बताउँछन ।

Comments
Loading...