४ सय ६२ वर्ष पुरानो अर्गली कुलो, जसको निर्माण सेन बंशीय राजाले गरेका थिए

0 1,200

चुरामणी तिमिल्सिना । (अर्गली) पाल्पा
धेरैलाई यो बिषय सुन्दा पनि अचम्म लाग्छ । झण्डै ४ सय ६२ वर्ष पहिले बनेको कुलोबाट पानी लगाउने बिषयमा न यहाँका किसानहरुमा झगडा नै भएको छ न त कहिल्यै कोही किसानले फलानोकोमा धेरै पानी गयो मेरोमा थोरै पानी आयो भनेर गुनासो नै गरेका छन् । यहाका किसानहरुले लोकतान्त्रिक बिधिमार्फत पानी बिरतण गरि लोकतन्त्रलाई नै हाक दिदै आएका छन् ।

पाल्पा सदरमुकाम तानसेनबाट झण्डै ३० किलोमिटर पश्चिम तानसेन नगरपालिका १४ अर्गलीमा अर्गली फाट सिंचाईका लागि जेठी, माइली, साइली र कान्छी नामका ४ वटा कुला छन् । जुन कुलाहरुबाट अर्गली क्षेत्रको २ सय १५ हेक्टर क्षेत्रफलमा सिंचाई गरिन्छ ।

यी सबै कुलाहरुमा जमिनको क्षेत्रफलको आधारमा समान रुपले पानी बितरण गर्ने बैज्ञानिक साँचो रहेको छ । यही साँचोले गर्दा नै पानी बितरणमा कहिल्यै कसैलाई बढी र कसैलाई कम भएको छैन । जमिनको क्षेत्रफलको आधारमा बढी जमिन हुनेका लागि बढी र कम जमिन हुनेका लागि कम पानी लोकतान्त्रिक पद्धतिमार्फत बितरण हु“दै आएको छ ।

किंवदन्ती अनुसार बि.सं. १६१५ सालताका तत्कालीन सेनबंशी राजा मणिमुकुन्द सेनको समयमा रुरु (रिडी क्षेत्रमा ऋषि केशव भगवानको उत्पत्ति भएपछि पूजाआजाको लागि अक्षता आवश्यक पर्ने भएपछि अर्गलीमा रहेको एउटा ठूलो खेतमा धान उत्पादन गरि भगवानका लागि अक्षता बनाउन उनले निर्देशन दिएपछि कुलोको निर्माण गरिएको भन्ने कथन छ । बौघापोखराथोकको जोर्तेखोलाबाट अर्गलीसम्मको ३ किलोमिटर कुलोमध्ये झण्डै १ किलोमिटर सुरुङ मार्ग रहेको छ । चट्टानको बीचबाट लगिएको कुलो हेर्न लायक देखिन्छ । त्यतिबेला निर्माण गरिएको एउटा कुलाका पानीले मात्रै अर्गली फा“टको सिंचाई सम्भव नभएपछि स्थानीय बासिन्दाहरुले पछि माईली, साइली र कान्छी कुलोको निर्माण गरेका थिए । यी सबै कुलोहरुको पानी बितरण प्रणाली एउटै छ । यो कुलो पाल्पामा मात्रै नभएर देशकै पुरानो र नौलो कुलो हो ।

अर्गलीमा रहेका यी कुलाहरु देशमै नमुना र हेर्न लायक रहेको समितिका अध्यक्ष्ँ फर्सुराम भट्टराईले बताए । ६ बर्ष अघि यी कुलाहरुको मर्मत गरिएको थियो । यही कुलोका कारण यस क्षेत्रमा बाह्रै महिना सिंचाईको राम्रो प्रवन्ध हुंदै आएको छ । जसका कारण किसानहरुले राम्रो उत्पादन लिदै आएका छन् । फोटो फाइल

Comments
Loading...