८४ बर्षीय तिमिल्सिनाद्धारा भाडा छुटको घोषणा

0 90

पाल्पा । तानसेन नगरपालिका वडा नं. २ असनटोलका ८४ वर्षीय माधवप्रसाद तिमिल्सिनाले आफ्नो घरमा बस्ने ब्यक्तिहरुलाई चैत महिनाको भाडा छुट दिने घोषणा गरेका छन् ।


कोरोना संक्रमण फैलन नदिन सरकारले आह्वान गरेको लकडाउनका कारण सरकारले घरबेटीहरुलाई चैत महिनाको भाडा नदिन आग्रह गरेसँगै सरकारको अनुरोधलाई मान्दै आफूले घरभाडा छुट दिने निर्णय गरेको उनले बताए । उनको घरमा ६ वटा कोठा भाडामा रहेका छन् ।

Comments
Loading...