पत्रकार महासंघ पाल्पाको ३२ स्थापना दिवस कार्यक्रम सम्पन्न

0
287

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा शाखा कार्यालय तानसेनमा पत्रकारहरु बीच अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व सभापति एवम् सल्लाहकार गोविन्द भट्टराईले पत्रकारिता हिजो, आज र भोली विषयमा छलफलपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि शाखाका संस्थापक सभापति मेघराज शर्माले पाल्पाको पत्रकारिता देशमै नमुना रहेको र पाल्पा शाखा धेरै पटक नमुना शाखाको रुपमा पुरस्कृत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा शाखाका पुर्व सभापति झपेन्द्र गहिरे, निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, सल्लाहकार कमलराज तिमिल्सेना, लुम्बिनी सञ्चार प्रतिष्ठानका अध्यक्ष यम गाहाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शाखाका संस्थापक मन गहिरे, पत्रकारहरु देव पचभैया कृष्ण कार्की, किरण कौशल, विजय बौडेल, बिष्णु घिमिरे लगायतले पनि आआफ्नो धारणा राख्नुभएको थियो । शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा कार्यक्रम चलेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here