पाल्पा महोत्सवको तयारी तीव्र, स्टल निर्माण कार्य अन्तिम चरणमा

0
496

पाल्पा । यही वैशाख १४ गतेदेखि २४ गतेसम्म हुने पाल्पा महोत्सवको स्टल निर्माण तथा प्रचारप्रसारको कामले तीव्रता पाएको छ । उद्योग बाणिज्य संघ पाल्पाको आयोजनामा तानसेन टुँडिखेल मैदानमा महोत्सव हुँदैछ । महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले अहिले स्टल राख्ने काम अन्तिम चरणमा पुगेको र वालउद्यान निर्माण लगायतका कामले तीव्रता पाएको बताउनुभयो ।

महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने उहाँले बताउनुभयो । महोत्सव मूल आयोजक समितिका अध्यक्ष शैलेन्द्र भट्टराइले पाल्पाको टुँडिखेलमा आयोजना गरिएको महोत्सवमा टिकटकमा उत्कृष्ट हुनेलाइ पुरस्कारको व्यवस्था गरिनुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका कार्यक्रमहरूको आयोजना समेत गरिएको बताउनुभयो । उहाँले यो महोत्सवले पाल्पाको कृषि, पशुपालन सहित पर्यटन प्रवर्धनका लागि टेवा पुग्ने बिश्वास लिइएको बताउनुभयो ।

महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३ सय भन्दा बढी स्टल राख्ने गरि तयारी भइरहेको छ । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । करिव ५ वर्षपछि टृुँडिखेल मैदानमा यो महोत्सव हुन लागेको हो । यसअघि तानसेन नगरपालिकाले लगाएको दुबोको संरक्षण हुने महोत्सव संचालनका लागि नगरपालिकाले स्वीकृति दिएको थियो । संघले दुबो संरक्षणका लागि जस्तापाताले बार लगाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here