स्वास्थ्यकर्मी महासंघ बगनासकालीको अधिवेशन सम्पन्न

0 187

दयाराज न्यौपाने । पाल्पा
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बगनासकालीको प्रथम अधिबेसन बगनासकाली पाल्पामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले स्वास्थ्य संस्थाहरुको बिकासमा पालिका संगै सेवाप्रदायक कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

प्रत्येक नागरिकले सरल र सहज रुपमा स्वस्थ्यमा पहुँच बनाउने पालिकाको अभियान रहेको उहाँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश सदस्य नोद प्रसाद बस्यालले स्वास्थ्यकर्मीको हक हित र पेशागत दक्षताका लागि गठन भएको बताउदै स्वास्थ्यका हरेक काममा सहभागिता संगै सेवामा निरन्तर लाग्न प्रेरणा हुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले सदैव निस्वार्थभाबले सेवा गरेको बताउँदै सरकारको अभिभाबकत्व बाटै आगामी दिनमा उदाहरणिय कार्य सम्पादन गर्दै जाने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले कार्य सम्पादनको आधारमा कर्मचारीको कार्य मूल्यांकन गरिने बताउदै स्थानीय सरकारको स्वास्थ्य योजनालाई कार्यान्वयन गर्दै जनताको स्वास्थ्यस्तर उकास्न लागिपर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बिमला खाम्चा, पोखराथोक स्वास्थ्य चौकीका सरोज काफ्ले , वडा नम्बर २ का अध्यक्ष तिर्थ प्रसाद भट्टराई, धिरज पराजुली, गिता रेग्मी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

अधिबेशनले पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्लेको अध्यक्षमा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बगनासकाली गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष शान्ति खराल, सचिव संगिता थापा मगर र कोषाध्यक्षमा मोहन घिमिरे रहनु भएको छ । भने सदस्यमा गोम बहादुर क्षेत्री , बिमला खाम्चा, रन्जना खरेल, टीका सरा चिदी,लक्ष्मण ज्ञवाली,चम्पा ढुंगाना, थानिसरा गैरे रहनु भएको छ ।

Comments
Loading...