कतारमा नेपाली कलाकारहरुको सम्मान

0 53

उत्तम भट्टराई,कतार

बसन्त फिल्मस् प्रा.ली. दोहा कतार द्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । सुदुरपश्चिम सेवा समाज कतारले आयोजना गरेको गौरा विशेष साँस्कृतिक कार्यक्रम तथा ईद महोत्सव २०१७ का लागी कतार आएका लोक दोहोरी गायिका चन्दा अर्याल, देउडा गायक टेक तिमल्सीना,उद्घोषिका तथा लोक देउडा गायिका अनिता चलाउने, लोक देउडा गायक दिलेन्द्र जोशी र आधुनिक गायक बादल थापा लाई बसन्त फिल्मस् प्रा.ली. दोहा कतारले एक कार्यक्रमका विच दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो ।

दोहाको वेलकम डाईन रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम बसन्त फिल्मस् प्रा.ली. का प्रबन्ध निर्देशक ईश्वर काफ्लेको सभापतित्व तथा समाजसेवी तथा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै पोखरेलले कलाकारहरुलाई राष्ट्रको गहना मात्र नभनेर देशको एउटा प्रमुख अङ्गको रुपमा लिनुपर्ने बताउँदै राष्ट्र निर्माणमा कलाकारको भुमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा वोल्दै कलाकारहरुले बसन्त फिल्मस् प्रा.ली. वाट सम्मानित हुन पाउँदा आफूहरु निकै भाग्यमानी तथा खुशी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.ली. कतारप्रति आभार प्रकट गरे । कतारमा बसन्त फिल्मस् प्रा.ली. ले अहिले सम्म नेपालवाट आएका ९७ जना कलाकारहरुलाई सम्मान गरिसकेको छ । साथै कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्रपङक्तिमा रहदै आएको छ । कतारमा विभिन्न समयमा आयोजना हुने विविध साँस्कृतिक कार्यक्रमहरुमा विभिन्न देश तथा नेपालवाट आउने कलाकारहरुलाई फिल्मस् सम्मान गर्दै आईरहेको छ ।

बसन्त फिल्मस् प्रा.ली. ले कलाकारहरुलाई सम्मान मात्र नभएर विभिन्न म्युजिक भिडियोहरुलाई बजार व्यवस्थापन तथा विभिन्न समयमा आपत विपद परेका दिन दुखीहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कतारमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बसन्त फिल्मस् प्रा.ली. कतारकी प्रमुख सल्लाहकार माया केसी गैरआवासिय नेपालीसंघ,राष्ट्रिय समन्वय परिषद कतारको युवा संयोजकमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँलाई सफल कार्यकालको शुभकामना सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका सचिव अवु अलिले उपस्थित आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए भने महासचिव मोहन शाहले कार्यक्रमको सञ्चालन गरेका थिए ।

फिल्मस्का प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापति काफ्लेले कार्यक्रमलाई समापन गर्र्दै प्रवासमा रहेरपनि नेपाली कला र सँस्कृतिको जर्गेना तथा सम्मान गर्दै नेपााली कला र सँस्कृतिलाइ टेवा पुग्ने काम गर्दै अगाडी बढ्नेकुरा बताए ।

 

Comments
Loading...