पाल्पाका दुई बिद्यालयलाई आइएसए अवार्ड

0 42

पाल्पा । पाल्पाका २ नीजि बिद्यालयहरु अन्र्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेका छन् । ब्रिटिस काउन्सिल र शिक्षा बिभागले तानसेन स्थित बेथल बोर्डिङ स्कुल र माथागढी गाउपालिका–३ सराई स्थित माउन्ट भ्याली स्कुलले अन्र्तराष्ट्रिय स्तरको गुणस्तर कायम गरेको भन्दै उक्त अवार्ड पाएका हुन् ।

यसैबीच बिद्यालयले उक्त अवार्ड प्राप्त गरेपछि बेथल बोर्डिङ स्कुलका पुर्व बिद्यार्थी समाजले शुभकामना कार्यक्रम र पत्रकार सम्मेलन गरेको छ । यो अवार्ड पाउनको लागि विद्यालयका विद्यार्थीहरुले विभिन्न रचनात्मक काम गरेर देश तथा विदेशका सयभन्दा बढी विद्यालयसग प्रतिस्पर्धा गरेका थिए । ११ वटा काम तथ्यगत ढंगले गरेर प्रतिस्पर्धा गरेको विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले बताए ।

झण्डै एक वर्षसम्म हात धुने तौरतरिका देखि परम्परागत संस्कृतिको समेत विद्यार्थीले अध्ययन अनुसन्धान गर्नुका साथै अन्य उत्कृष्ट रचनात्मक काम गरेका थिए । विद्यार्थीहरुले जिल्लामा पुरानो संस्कृति झल्कने कौडा भाका र नाचको महत्व, नेपालमा मनाइने दशै र भारतको पञ्जावमा मनाइने दशैको बारेमा अध्ययन अनुसन्धान गरेका थिए, यस्तै पहिरो किन जान्छ ? यसको रोकथाम गर्न के गर्नुपर्छ भन्नेबारे स्थलगत अवलोकन गरेका थिए भने उनीहरुलाई बुटिक तालिम पनि दिइएको थियो । तालिम पश्चात गाउगाउमा पुगेर उनीहरुले सर्वसाधारणलाई सिप सिकाएक थिए । फालिएका कागज र बोतललाई पुनः प्रयोजनमा ल्याउन सकिने तौरतरिकाबारे उनीहरुले उत्कृष्ट गतिविधि गरेकाले अवार्ड पाउन सफल भएको  कोर्डिनेटर तथा शिक्षक महेन्द्र पोखरेलले बताए ।

Comments
Loading...