निगरानी समूहको कार्ययोजना निर्माण ।

0 113

पाल्पा । इन्सेकको पहलमा बगनासकाली गाउँपालिका–७ खानीगाउँ र वडा नं. ९ चापपानीमा गठन भएको मानवअधिकार निगरानी समूहको कार्ययोजना निर्माणका लागि सरोकारवाला निकाय सहितको बैठक सम्पन्न भएको छ ।

वडा स्तरको शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्वन्धी समस्या पहिचान र सरोकारवाला पहिचान सहित निगरानी समूहको बार्षिक कार्यक्रम योजना समेत तयार पारिएको थियो ।
कार्यक्रममा इन्सेक पाल्पा जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले इन्सेकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उक्त कार्यक्रमबारे निगरानी समूहले बार्षिक रुपमा गर्ने कार्यक्रमको बजेट सहितको योजना तयार गर्ने बताए । कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा वडा स्तरमा रहेका समस्या र समाधानका लागि सरोकारवाला पहिचानसँगै निगरानी समूहको कार्ययोजना निर्माण गरिएको थियो ।

खानीगाउँमा आयोजित कार्यक्रममा वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले यसप्रकारको कार्यक्रमबाट वडा स्तरका समस्याहरु पहिचान भएको र वडा कार्यालयलाई समेत काम गर्न सहज हुने बताए । उनले निगरानी समूहले गर्ने कार्यक्रमका साथ वडा कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने बताए । स्वास्थ्य चौकीका निमित्त प्रमुख जीवलाल बस्याल, पशु सेवा केन्द्र चापपानीका प्रमुख अमर बहादुर कार्की, खानीगाउँ माविका प्रअ कल्पना कुमारी भुसाल, कृषि बिकास कार्यालयका जेटिए नारायण न्यौपाने, दैलातुङ आधारभुत बिद्यालयकी शिक्षक प्रतिनिधि शान्ति बस्याल सहित मानवअधिकार निगरानी समूहका प्रतिनिधिहरु, बालअधिकार चेतना समूहका प्रतिनिधिहरु लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम मानवअधिकार निगरानी समूहका संयोजक पूर्ण बहादुर कनौजेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै चापपानीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष थानेश्वर तिमिल्सिनाले निगरानी समूहले बनाएको कार्ययोजना कार्यान्वयनका लागि सम्भव भएमा वडा कार्यालयबाट र सम्भव नभएमा गाउँपालिकाबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा स्वास्थ्य चौकी प्रतिनिधि मोहन घिमिरे, चन्द्र माविका शिक्षक छविलाल बस्याल, कालिका आधारभुत बिद्यालयका प्रअ जगन्नाथ बस्याल, पशु सेवा केन्द्र चापपानीका प्रमुख अमर बहादुर कार्की लगायतले आआफ्नो धारणा राखेका थिए । सो अवसरमा समूह बिभाजन गरि वडा स्तरको शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्वन्धी समस्या पहिचान गरिएको थियो भने वडा कार्यालयसित समन्वय गर्ने गरि बार्षिक कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रम मानवअधिकार निगरानी समूहका संयोजक रणप्रताप खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Comments
Loading...