गाई पालेर दशैमा मोटरसाइकल किने बिमल र कृतिले

0 186

पाल्पा । पाल्पा प्रभासकी चेली कृति अधिकारी पछिल्लो समय राम्रो अभिनय गर्ने कलाकारको परिचय बनाउन सफल भएकी छन् । उनको अभिनय रहेको दशैंको गीत साङगीतीक बजारमा आइपुगेको छ । जसलाई दर्शक स्रोताले मन पारएका छन् ।

दशैंमा मोटरसाइकल किने नामको रहेको उक्त गीत निकै फरक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नेपालमा नै बसेर खेतीपाती र पशुपालन गरेर कमाएको पैसाले मोटरसाइकल किनिएको भाव झल्काएको छ । अनि त्यहि मोटरसाइकलमा चढेर दशैंको टिका थाप्न ससुराली गएको कुरा गीतमा उल्लेख छ । जुन गीतले नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

यो गीतले दर्शक र श्रोतालाइ फरक तरिकाले मनोरञ्जन प्रदान गर्ने कुरा यसै गीतका लय र शब्दकार गणेश अधिकारी पाल्पालीले बताए । गीतमा कृति अधिकारी र मोडल विमल अधिकारीको अभिनय रहेको छ ।
गीतमा वालकृष्ण काफ्ले र रस्मिता अधिकारीको आवाज रहेको छ । पश्चिम डिजिटल म्युजिक प्रा. लिले यो गीत बजारमा ल्याएको हो ।

मोडल कृति अधिकारीको अभिनय रहेका दर्जनौं गीतहरु चर्चामा रहेका छन । जस्मध्ये लोकदोहोरी गीत सम्धी सम्धिनी, ससुरालीमा तीज लगायतका गीतमा समेत उनले अभिनय गरिसकेकी छन् । यसपटकको दशैंको गीतले पनि दर्शकको मन जित्न सफल हुने बिश्वास रहेको मोडल कृति अधिकारीले बताइन् । उनले थपिन्–दर्शक स्रोताले दिनुभएको मायाले गर्दा पनि मलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको छ ।

Comments
Loading...