इन्सेकको सल्लाहकार समितिसितको बैठक सम्पन्न

0 81

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय परियोजना सल्लाहाकार समितिसितको अनुभव आदानप्रदान बैठक असोज २६ गते तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा इन्सेकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नंं. ७ खानीगाउँ र वडा नं. ९ चापपानीमा सञ्चालन गर्दै आएको आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको बिषयमा छलफल अन्र्तक्रिया गरिएको थियो ।

बैठकमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय संयोजक शिव खकुरेलले परियोजनाको उद्देश्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए । इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको प्रभावकारिता र चालु वर्षको कार्यक्रम तथा बजेट सहितको योजना पेश गरिन् ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रत्यक्ष रुपले स्थानीय समुदायसित जोडिएकोले पनि बढी प्रभावकारी भएको पाइएको बताए ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डे, कृषि बिकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी संगिता रेग्मी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकर प्रसाद चौधरी, बगनासकाली गाउँपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख मनोज आचार्य, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना लगायतले आ–आफ्नो भनाई तथा सुझाव राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments
Loading...