रामपुर बिजयपुर सडकको आय व्यय सार्वजनिक

0 60

सृजना घिमिरे । पाल्पा (रामपुर)

रामपुर नगरपािलकाको विजयपुर बजार क्षेत्र कालोपत्रे गर्ने काम सकिएपछि आम्दानी खर्च सार्वजनिक गरिएको छ । उपभोक्ता समितिले ५० प्रतिशत मन्त्रालयबाट, २० प्रतिशत रामपुर नगरपालिका र ३० प्रतिशत उपभोक्ताको खर्च मार्फत सडक कालोपत्रे सम्पन्न भएको  सार्वजनिक सुनुवाई गरेर सार्वजनिक गरिएको हो ।

रामपुरनगरपालिका वडा नम्बर ६ विजयपुरमा बजार क्षेत्रको १ किलो मिटर ६४ मिटर सडक कालो पत्रे गरिएको हो  । कालीआपको मनकामना मन्दिर देखि तल दुर्गा मन्दिर ठाडो लाईन उपभोक्ता समिति र बजार चोकबाट नया बजार हुदै कुलो र धारा देखि स्वामीबोट मोटर बाटो उपभोक्ता समितिले कालो पत्रे निर्माण सम्पन्न गरेको हो । उपभोक्ता समितिले योजना अनुसार ७ सय ३० मिटर सडक कालो पत्रे गर्ने लक्ष्य राखेपनि अन्तत लक्ष्य भन्दा बढी १ हजार ६४ मिटर बाटो पिच गर्न सफल भएको समितिले जनाएको छ ।

यस्तै बजार क्षेत्रको कालोपत्रे कार्यक्रम बारे सार्वजनिक सुनाई मार्फत आम्दानी र खर्च सहित प्रगति विवरण पनि सार्वजनिक गरिएको छ ।  रामपुर नगरपालिकाको आयोजना, उपभोक्ता समितिको समन्वय र रेडियो पाल्पाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । समितिका अध्यक्ष नारायण प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहेका थिए ।  प्रमुख थापाले उपभोक्ता समिति मार्फत काम गर्दा सबैको अपनत्व रहने भएकाले स्तरीय काम हुने बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख विष्णु प्रसाद पोखरेलले आफ्नो ठाउ“को विकास गर्न सबै सक्रिय भएर लागेमा उन्नती खोज्न पर जानु नपर्ने बताए ।

कार्यक्रम बारे रामपुर नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी गराएका थिए । उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश रेग्मीले निर्माणको क्रममा मन्त्रालय, नगरपालिका र उपभोक्ता बाट ७४ लाख ३५ हजार ४ सय ६० रुपिया आम्दानी भएकोमा ७८ लाख ६९ हजार ३ सय ८४ रुपिया“को लागतमा योजना सम्पन्न भएको बताए । सोही अवसरमा सरोकारवाला स्थानीय वीच रामपुर क्षेत्रको विकास र वर्तमान अवस्थाको बारेमा छलफल समेत भएको थियो । सहभागीले राखेका जिज्ञासा माथि रामपुर नगरपालिकाका नगर प्रमुख थापा र कार्यकारी अधिकृत सुरथ पोखरेलले प्रष्ट पारेका थिए । कार्यक्रमको संञ्चालन विश्व प्रकाश भट्टराईले गरेका थिए ।

Comments
Loading...