पाल्पामा संविधान दिवस मनाइयो

0 88

पाल्पा । संविधानसभाबाट संविधान जारी भएको मंगलबार २ वर्ष पूरा भएको छ । यो दिवस देशभर विविधि कार्यक्रमका साथ मनाइएको छ । दिवसकै अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।  पाल्पामा पनि मंगलवार विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईएको छ ।

यसै अवसरमा तानसेनमा प्रभातफेरीको आयोजना गरिएको थियो ।  प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुख तथा कर्मचारीहरु, पत्रकार, सुरक्षा निकायको सहभागिता रहेको थियो । तानसेन दरबार परिसरबाट शुरु भएको प्रभावतफेरी नगरको विभिन्न भागको परिक्रमा गरी नगरपालिकामा पुगि सभामा परिणत भएको  थियो ।  सभामा पुर्व उद्योगमन्त्री एवं सांसद सोम प्रसाद पाण्डेले नेपाली जनताको चाहना बमोजिम जनताका प्रतिनिधिहरुले संविधान जारी गरेको बताए । सांसद हरि प्रसाद नेपालले संविधानले सबै नेपालीहरुको हक अधिकार सुनिश्चित गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम लगायत जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुखहरुले स्थानीयतहको निर्वाचन पछि संविधान  कार्यान्वयन तर्फ गईरहेको बताए ।  वक्ताहरुले सवै राजनीतिक दल एकमत भई संविधान कार्यान्वयन गर्न सकेमात्र संविधान दिवसको सार्थकता रहने बताए । वक्ताहरुले संविधानको सही कार्यान्वयनका लागि अव प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा मालपोत कार्यालय पाल्पाका प्रमुख नवराज बरालले नेपालको संविधान यसका विशेषता, स्थानीय तहका अधिकार सूची बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments
Loading...