अभिभावकले घरमै पढाउन थाले

0 187

पाल्पा । कालिका आधारभुत विद्यालय बराङ्गदीकी अभिभावक गीता बस्याल छोरीलाई घरमै पढ्न सघाउछिन् । बन्दाबन्दीका कारण लामो समय विद्यालय जान नपाएपछि घरमै पढाउन थालेकी हुन् । बेस नेपालका साक्षरता सहजकर्तासंग समन्वयपछि उनलाई घरमै पढाउन सजिलो भएको हो । “लामो समय विद्यालय बन्द हुदा बाबुको पढाई बिग्रने भयो भन्ने चिन्ता लागेको थियो ।” बाबुलाई घरमा पढ्न के दिने र कसरी सहयोग गर्ने मलाई समस्या थियो । त्यसैले उहाँले भने झै घरमा अभ्यास गराउँदै गए । विद्यालयमा जस्तो नहोला तर घरमा पनि सिकाउन सकिने रहेछ । अत्यन्तै खसी लागेको छ, उनले भनिन् । वरपरका नानीबाबुहरुलाई पनि भनेको छु । आमा बाबु छिमिकीहरुलाई पनि सहयोग गर्न लगाएको छु, उनले भनिन् ।

रिब्दीकोट गाउँपालिका २ देउरालीका देवीप्रसाद पोखरेल पनि आफ्ना बाबुलाई आफैले सिकाउन पाउँदा खुसी छन् । उनले बाबुलाई के सिकाउने दैनिक योजना साक्षरता सहजकर्तासंग मिलेर तयार पारेका छन् । सोही अनुसार धेरै खालका क्रियाकलापहरु घरमै सिकाउछन् । बेलाबेलामा साक्षरता सहजकर्ता संग फोन हुन्छ, उनले आफ्ना समस्याहरु राख्छन् र कसरी गर्ने छलफल गर्दछन् । उनी भन्छन् “हामीले सिकाउनु अघि बालबालिकाको रुचीलाई ख्याल गर्दा रहेनछौ, अहिले आएर थाहा पाएको छु ।” “आफ्नो रुची अनुसारको क्रियाकलाप गर्न दिदा भनेको पनि मान्ने रहेछ ।” सिक्न पनि सक्दो रहेछ । मैले पनि सिके, छोरालाई पनि सिकाउदैछु, उनले भने ।

संकटको बेला पठनपाठनमा सहयोग पाउनु राम्रो काम भएको सहारादेवी आधारभूत विद्यालय माथागढीका प्रधानाध्यापक भीम बहादुर सारु बताउँछन् । उनी भन्छन् “हामीले पनि विद्यार्थीहरुलाई कसरी सिकाईमा व्यस्त राख्ने निर्णय लिन सकेका थिएनौ । त्यही बेलामा रुम टु रिडबाट अभिभावकले घरमा सहयोग गर्न सकिने क्रियाकलापहरुका विषयमा जानकारी गराउनु भयो हामीलाई पनि राम्रो लाग्यो त्यही अनुसार हामीले पनि अभिभावकहरुलाई सहयोग गर्न अनुरोध गरेका छौ, उनले भने । “हाम्रा अभिभावकहरु पनि त्यही अनुसार सहयोग गर्नु भएको छ । घरमा गरिने यस्ता क्रियाकलापले पठ्य पुस्तकलाई सहयोग पु¥याउछ नै अतिरिक्त क्रियाकलापलाई पनि सहयोग गर्दछ, उनले थपे ।”मलाई खुसी लागेको छ । इन्टरनेट, टेलिभिजन, पहुँच नभएका विद्यार्थीहरुका लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी छ । यसलाई निरन्तरता दिन हामी पनि सहयोग गरिरहेका छौ, प्रअ सारुले बताए ।
साक्षरता कार्यक्रम सञ्चालन भएका ४३ विद्यालयका प्राथमिक तहका अभिभावकहरुलाई सहजीकरण गरिएको बेस नेपालका साक्षरता सहजकर्ता राम प्रसाद तिमिल्सिनाले बताए । लामो समय विद्यालय बन्द भएकाले विद्यार्थीलाई घरमा पढाईमा क्रियाशील गराउन अभिभावक सहजीकरण गरिएको उनले बताए । घरमा बसेर आफ्ना बालबालिकालाई के क्रियाकलाप गर्ने, कसरी गराउने भन्ने विषयमा फोन गरी अभिभावकसंग छलफल र जानकारी गरिने सहजकर्ता तिमिल्सिनाले बताए । सोही आधारमा अभिभावकले आफ्ना बालबालिकालाई सहयोग गर्नुहुने सहजकर्ता तिमिल्सनाले बताए । अभिभावक सहजीकरका लागि नेपाल सरकारले अवलम्बन गरेको पठ्यक्रममा आधारित क्रियाकलापहरु घरमै बसेर गर्नका लागि सहजीकरण गरिने उनले बताए । प्राथमिक तहका विद्यार्थीहरुलाई आफ्ना रुची र क्षमताका आधारमा कार्यतालिका निर्माण गर्ने । चित्र बनाउने, रङ लगाउने, अक्षर पढ्ने, घर वरपर भएका सामानहरुको नाम लेख्ने, तिनीहरुको प्रयोग बताउने र लेख्ने, आफू र आफ्नो गाउँको बारे वर्णन गर्ने, दिनभरि गरेका कामलाई बताउने ,आफूलाई मनपर्ने कुरा लेख्ने, कथा भन्न र पढ्न लगाउने जस्ता क्रियाकलापहरु साथै कोरोनाबाट बच्न हातको सरसफाई तथा सावधानी बारे आभिावकलाई सहजीकरण गरिएको उनले बताए ।
अभिभावक सहजीकरण कार्यक्रमले बालबालिकालाई घरमै पठनपाठन गर्न उत्प्ररेणा र सहयोग गर्ने बताउँछन् टु रिड पाल्पाका साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठ । “विद्यालय बन्दको बेलामा कोही पनि विद्यार्थीसम्म पुग्न सकेका थिएनौ ।” यस्तो अवस्थामा अभिभावक सहजीकरण प्रभावकारी माध्यम भएको उनले बताए । के गर्ने,कसरी गर्ने अभिभावकलाई पनि चिन्ता थियो त्यही वेलामा हामीले योजना सहित अभिभावकहरुलाई सहजीकरण गर्न सक्यौ । त्यसैले अभिभावकलाई सिकाउन उत्प्रेरित ग¥यो, उनले भने । अभिभावकहरु पनि खुसी हुनुहुन्छ, अवस्था परिवर्तन नभएसम्म कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने उनले बताए ।

Comments
Loading...