अलबिदा ब्रम्हशेखर बज्राचार्य

0 144

पाल्पा । तानसेनका पुराना कलकार ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ । ८९ बर्षीय बज्राचार्यका युनाइटेड मिशन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।


ब्रम्हशेखर गायक तथा तबला बाधकका रुपमा रहेका थिए । उनी पाल्पाली भजन संस्कृति संरक्षणका अगुवा समेत रहेका थिए । उति बेला महिलाहरु नाँचगान गर्नु हुदैन भन्ने मान्यता तोड्न तानसेनका जात्राहरुमा महिलाको भेषमा नृत्य गर्ने कालाकारका रुपमा समेत उनले पाल्पाबासीले चिन्ने गर्छन् ।

उनी भजन संरक्षण समिति तानसेनका अध्यक्ष समेत थिए । यसबाहेक उनी तानसेन स्थित ज्ञानमाला संघ, आनन्दबिहारका पूर्ब उपाध्यक्ष, धर्मचक्रमहाबिहारको चुडाकर्म व्रतबन्ध संघका पुजारी समेत रहेका थिए । उनका दुई छोरा, बुहारीहरु र चार नाति नातिना छन् । स्वर्गिय ब्रम्हशेखरको सोमबार दिउँसो राम्दीघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।

Comments
Loading...