अव रानीमहलमा संग्रहालय

0 323

पाल्पा । रानीमहल दरबारलाई संग्रहालयको रुपमा बिकास गर्ने गरि तानसेन नगरपालिकाले काम अगाडि बढाएको छ । दरबारमा खड्ग समशेरले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्रीहरु राखिसकिएको छ ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पहिलो चरणमा सरसफाई, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो । स१५ लाखबाट थालनी भएको काम हाल करिब रु ३५ देखि ४० लाख खर्च भइसकेकोे समेत उहाँले बताउनुभयो । रानीमहलको प्रवर्धनका लागि आवश्यक बजेट बिनियोजनका लागि तानसेन नगरपालिका तयार रहेको मेयर शाहीले बताउनुभयो ।

नगरपालिकाका अधिकृत शंकर भण्डारीको नेतृत्वमा रानीमहल क्षेत्रमा करिब दुई महिनादेखि काम हुँदै आएके छ । अधिकृत भण्डारीले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई यहाँ राखिएको बताउनुभयो । रानीमहल आउने पर्यटकहरुका लागि संग्रहालय सहयोगी बन्ने भण्डारीले बताउनुभयो ।

Comments
Loading...