आइतबार पाल्पामा ३३ जना कोरोना संक्रमित थपिए

0 883

पाल्पा । पाल्पामा आइतबार पुनः ३३ जना कोरोना संक्रमित थपिएका छन् । यसरी संक्रमित थपिनेहरुमा माथागढी गाउँपालिकाका ७ जना पुरुष, रामपुर नगरपालिकाका जना २ पुरुष,रम्भा गाउँपालिकाका जना १ पुरुष र १ महिला, तानसेन नगरपालिकाका ४ जना महिला र ४ पुरुष, निस्दी गाउँपालिकाका २ महिला र ३ पुरुष रिब्दिकोट गाउँपालिकाका एक जना र अस्पताल तथा अन्य जिल्लाका ८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । १ सय ७९ जनाको पीसिआर परिक्षण गरिएकोमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसँगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ७ सय ३२ जना निको भएर घर फर्किएका छन् । कोरोनाकै कारण ४ जनाको निधन भएको छ ।

Comments
Loading...