आइतवार पाल्पामा १ सय ५ जना संक्रमित थपिए, ६० जना निको

0 238

पाल्पा । पाल्पामा पछिल्लो चौविस घण्टामा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । आइतरवार ६० जनाले कोरोना जितेका छन् । पिसिआरबाट ८० जना र एन्टिजेनबाट २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यसरी थपिएकाहरुमा माथागढीका ३४, रामपुरका १६, रैनादेवी छहराका ३, रम्भाका ५, बगनासकालीका २, तिनाउँका १२, रिब्दीकोटका १, निस्दीका १८, तानसेन नगरपालिका तथा अस्पतालहरु १७ जनमा कोरोना पुष्टि भएको हो ।

आइतवार थप ६० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले पाल्पामा कुल ९१६ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

Comments
Loading...