आचार्य र अर्यालद्वारा पदभार ग्रहण

0 392

पाल्पा । निजामती कार्मचारीहरुको आधिकारिक ट्रेड युनियन पाल्पाको रिक्त अध्यक्ष पदमा मनोज आचार्य र र सहसचिव पदमा दोमराज अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।

केन्द्रिय सदस्य श्री मेघदेब पन्तले नबनियुक्त अध्यक्ष र सहसचिबलाई सपथ ग्रहण सहित पदबहाली गराउनु भएको थियो । कार्यबाहक अध्यक्ष बिनोद घिमिरेको अध्यक्षता र सचिव यमलाल पोखरेलको संचालनमा संचालित उक्त कार्यक्रममा सिबिएका निबर्तमान अध्यक्ष दिवाकर अर्याल, कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष युबराज ज्ञवाली, युनियनका जिल्ला अध्यक्ष रबि अर्याल लगायतले नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नव नियुक्त अध्यक्ष मनोज आचार्यले सबै कर्मचारीहरुको मनोभावना अनुरुप कर्मचारीहरुको हक अधिकारको लागि आफुले नेतृत्व गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Comments
Loading...