आजबाट पाल्पामा मदिरा बिक्री बितरणमा रोक

0 1,017

पाल्पा । निर्वाचनलाई लक्षित गरि पाल्पा जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको छ । मंगलवारदेखि लागू भई मतगणना कार्य नसकिदासम्म जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतगणना नसकिदा सम्म पाल्पामा कुनै पनि प्रकारको मदिरा खरिद विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको र कसैले सूचना विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारवाही समेत हुने उल्लेख छ ।

मतदान केन्द्र रहेका विद्यालय बन्द
निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालय ५ दिन बन्द हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि विद्यालयमा मतदान केन्द्र रहेको र १ गते नै कर्मचारी र सुरक्षाकर्मीहरू विद्यालयमा पुगेर आवश्यक तयारी गर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो विद्यालयमा १ गतेदेखि ४ गतेसम्म विद्यालयको पठन पाठन स्थगित गर्ने निर्णय भएको बताउनुभयो ।

दुई अस्थायी मतदान केन्द्र
पाल्पामा २ वटा अस्थायी मतदान केन्द्र रहनेछन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । पाल्पामा दि फेमस महेन्द्र दल ब्यारेक नागपोखरी तानसेन ६ र जिल्ला कारागार तानसेन ६ लाई समानुपातिक मतदानको लागी अस्थायी मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।
मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो । सांकेतिक तस्बिर

Comments
Loading...