इन्सेकको पहलमा पाल्पा जिल्लामा युवा समूहको गठन

0 240

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा कात्तिक १ गते जिल्ला स्तरीय युवा समूहको गठन गरिएको छ ।

इन्सेकको सहयोगमा जिल्लाको बगनासकाली गाउँपालिका सहितका स्थानीय तहहरुमा बिभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि उक्त युवा समूहको गठन गरिएको हो ।

१५ सदस्यीय समूहको अध्यक्षमा जीवन न्यौपाने, उपाध्यक्षमा सपना घिमिरे, सचिवमा बसन्त बस्याल, सहसचिवमा सुजाता बस्याल र कोषाध्यक्षमा मोहन दर्नाल रहेका छन् ।

यो समूहले नोरिक र इन्सेकको सहयोगमा आगामी दुई महिनाभित्र युवाहरुका लागि नेतृत्व विकास तालिम सञ्चालन, युवा सम्बन्धी भिडियो डकुमन्ेट्री निर्माण लगायतका बिभिन्न रचनात्मक कार्यक्रमको योजना समेत बनाएको समूहका अध्यक्ष जीवन न्यौपानेले बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, पत्रकार दयाराज न्यौयाने, स्थानीय युवा समाजसेवी बिष्णु तिमिल्सिना लगायतले आआफ्नो धारणा राखेका थिए । बेद युवा समूहका अध्यक्ष बरुण बस्यालको अध्यक्षता सुशिल बस्यालको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...